Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली नागरिकको मूल्य नै नहुने प्रष्ट देखियो

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाइएको छ । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन एमाले महासचिव माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर नागरिकता सम्बन्धी प्रावधान राख्दा धेरै बिचार गर्न दौडधूप गरेपनि उनीहरुले नमानेको गुनासो गरेका छन् । उनले भने– ‘विदेशीहरुले पनि नागरिकता पाउने गरी पास भएको छ ।

यसको सुरुवात २०६२–६३ को जनआन्दोलनपछि भएको हो । त्यतिबेला सबैभन्दा पहिला यो विषय बालुवाटारबाट पास गरिएको थियो । त्यतिबेला एक हप्तासम्म हामीले यसको बिरोध गर्यौ । मैले शेरबहादुर देउवालाई समातेँ, उहाँलाई अहिले नै यति धेरै जनसंख्या बढेको छ, यसमा सही ग¥र्यौँ भने देश त जान्छ भनेर समातेँ । दूतावासले दवाव दियो भने उहाँले सही गर्नुभयो हामीले नोट अफ डिसेन्ट लेख्यौँ । त्यो बेलाबाट सुरु भएको हो, अहिले त लाखौं विदेशीले नागरिकता पाइसके ।’उनले अहिले नयाँ नागरिकता लिने जनसंख्या बढिरहेको बताउँदै नेपालको सिमा नाकाको धेरै जग्गा भारतीयले किनिसकेको बिजुक्छेको दावी गरे । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिँदा देशका कार्यकारी निकायमा बिदेशी पुग्ने र मुलुक सिक्किमीकरणतिर फिजिकरणतिर जाने बिजुक्छेले बताएका हुन् ।

उनले नेपाली जनताको हितका लागि नभई भारतको हितका लागि नेपालमा नागरिकतासम्बन्धी विवाद आउने गरेको छ । उनले भने–‘उत्तर प्रदेशमा वडा अध्यक्ष हारेको मान्छे पनि नेपालको सांसद भएको उदाहारण छ । यस्ता धेरै गलत क्रियाकलाप भएको छ । शासक दलहरु यति धेरै विकृत भइसकेका छन् कि आफ्नो घरको एक पैसा चलाउँदैनन् देशलाई भने खत्तम पार्दै गइरहेका छन् ।’ उनले राजनीतिक अनुशासनहीनताका कारण यस्तो समस्या आएको उल्लेख गरे ।

 


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल