Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली बजारमा प्याजको मूल्य दोब्बर

काठमाडौं । भान्साको अनिवार्य साथी जस्तो भएको प्याजले नेपालीलाई काट्दा मात्रै सताउँदैन बेला बेला बजार भाउ बढेर पनि सताउने गरेको छ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य एक सातामै दोब्बर भएको छ । भारत सरकारले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्न थालेपछि प्याजको मूल्य आकाशिएको हो । एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्याजको अभावसमेत हुन थालेको पाइएको छ । भारतले प्याज निर्यात रोकेको भन्सार विभागले जानकारी दिएको छ ।
भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरू बताउँछन् । भारतबाट प्याज आउन छोडेपछि मूल्य बढ्न गएको व्यवसायीले जानकारी दिएका छ । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । उत्पादन कम भएपछि भारतले प्याज निर्यातमा रोक्ने गर्छ ।