Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पछिल्लो समय व्यस्त गायकको पहिचान बनाएका सल्यान, बागचौर नपा ३ का स्थानीय वासिन्दा हेमराज डाँगीले केही समय पहिले श्रोतामाझ ल्याएको ‘म त ज्ञानी छु’ र ‘हर हर माहादेव’ बोलको गीतले यति बेला चर्चा बटुली रहेको छ । गायनसँगै संगीत सिर्जनामा पनि त्यतिकै सक्रिय रहदै आइरहेका हेमराज लोकदोहरी गीतसंगीतसँगसँगै समाज सेवामा पनि सक्रिय छन् । स्टेज कार्यक्रमहरूमा अत्यधिक माग हुने गायकको पहिचान बनाएका हेमराज डाँगीले अहिलेसम्म हजाराैं स्टेज प्रोगाममा प्रस्तुति दिइसकेका छन् । एक संघर्षशील गायक, संगीतकर्मीको रूपमा स्थापित भैसकेका अहिलेका चर्चित गायक, संगीतकार हेमराज डाँगीसंग ताजाखबर साप्ताहिकका लागि गरेको कुराकानीः
० नयाँ के ल्याउदै हुनुहुन्छ ?
केही समय पहिले सिम्रन परियारसँग गायको हर हर माहादेव तीज गीत र कल्पना बिष्टसँग गायको म त ज्ञानी छु बोलको भिडियो सहितको गीत सार्वजनिक गरेका थियौं । चाडै नै नयाँ कोसेली आउँदैछ जुन गीतको रेकर्डिङ भैसकेको छ । भिडियो सहित सार्वजनिक गर्ने तयारीमा छौं ।
० तीज गीत ल्याउनु भएन यो पटक ?
नारी पर्व तीजलाई लक्षित गरि सिम्रन परियारसँग मिलेर तीज गीत हर हर माहादेव बजारमा ल्याइसकेका छौं । जुन गीतले अहिले दर्शक, श्रोताहरूको मन जित्दै गैरहेको छ ।
० कहिलेबाट यो क्षेत्रमा हुनुहुन्छ ?
गाउने त सानेबाट गर्थे । २०६९ सालमा बलिन्द्र धारा आँशु किन झर्छ बोलको गीत मेरो स्वरमा रेकर्डिङ भएको पहिलो गीत हो । त्यस पछि यसै क्षेत्रमा निरन्तर काम गरिरहेको छु ।
० अहिलेसम्म कतिजति सिर्जना सार्वजनिक भयो ?
दर्जनौ सिर्जना दर्शक, श्रोता माझ आइसकेको छ । जस्तै नाच हेर्नलाई जाम, नतर्कन नर्तक, नारीकै वर्त हो, खोलि झर्यो डाँफे मयुर, हजुर आउनु होस्, साउदी दुबई कतार, दशैं आईसक्यो जस्ता गीतले तत्कालिन समयमा राम्रै चर्चा पाएको थियो ।
० युवा पुस्ता नेपाली मौलिक गीतसंगीत प्रति रुचि राख्दैनन् भन्छन् नि ?
अहिलेका युवा पुस्तालाई नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ । पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीतकर्मीले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्नुपर्ने आवश्यकता छ । होइन भने हाम्रो मौलिकता बिस्तारै हराउदै जान सक्छ ।
० बिगतको भन्दा यो पटकको तीज गीत अति नै भड्किलो भयो भन्छन् नि ?
हामीले रचना गरेको गीतसंगीतले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ र त्यसले समाजलाई सही दिशामा डो¥याउनुपर्छ । तीज हिन्दु नारीको महत्वपुर्ण पर्व हो । मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पु¥याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्छ, क्षणिक चर्चाको लागि परिवारसंग वसेर हेर्न नमिल्ने भड्किलो दृश्यसहितको भिडियोले समाजमा नकारात्मक सन्देश दिइरहेका छन् ।
० गायकको जिम्मेवारी कस्तो हुनुपर्छ ?
गीतसंगीतले समाज परिवर्तनमा ठुलो भुमिका खेल्ने भएकोले मनोरञ्जनसंगै एउटा राम्रो सन्देश बोकेको गीत श्रोता, दर्शकमाझ पस्कनु पर्छ । बजारमा आएका सबै गीतसंगीत सफल हुन्छन् भन्ने छैन । त्यसैले हामी गायकहरूले क्षणिक चर्चा बटुल्ने भन्दा पनि दीर्घकालिनसम्म टिकिरहने सिर्जना पस्कन सक्नुपर्दछ भन्ने लाग्छ ।
० भन्नै पर्ने केही छ कि ?
मौलिक गीतसंगीत भनेको हाम्रो पहिचान भएकोले यसमा आँच आउने खालको र क्षणिक चर्चाका लागि भड्किलो पक्षलाई अंगाल्नु हुँदैन । आफ्नो सिर्जना राम्रो छ भने आफै चर्चा बटुल्दै जान्छ ।
० आगामी योजना के छ ?
त्यस्तो ठूलो योजना त केही छैन । बिगतमा भन्दा राम्रा राम्रा गीतसंगीत श्रोता दर्शक माझ पस्कन सकूँ र यसै क्षेत्रमा निरन्तर दिइरहन पाउँ भन्ने छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल