Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली सेनाको नियतमाथि शंका

  • डा. शास्त्रदत्त पन्त

सोभियतसंघको छत्रछायाँमा रहेको भारत सन् १९९० मा सोभियतसंघको बिघटनपछि अमेरिकी साम्राज्यबादको छायाँमुनि रहेको छ । नेपालका इण्डियामुखी र अमेरिकामुखी कांग्रेस दल मिसाएर नेपाली कांग्रेस बनाइएको छ । त्यस दललाई ‘रअ’ र ‘सीआए’ दुबैले प्रयोग गरिरहेका छन् । त्यस्तै सन् १९७७ मा चीनमा देङ स्यो पेङको नीति आएपछि पश्चिमी जगतले साम्यबादीको पुरै असफल भएको डङ्का बजाईरहेका बेलामा साम्यबादीहरू
(एकदलीय लेनिनबादी र माओबादी समेत) बहुलबादी पश्चिमी लहरमै हातेमालोमात्र गरिरहेका छैनन्, तिनले त अमेरिकाको उदारबादी महको घैटोमा डुबेर समाजबाद परित्याग गरेर उदारबाद र निजिकरणसमेत अँगालिसकेका छन् । बास्तवमा १९९० पछि एकता केन्द्र बदलेर माओबादी भएपछि बाहिर विश्व साम्यबादीको रूपमा देखिए पनि यो भारत र इशाईको ब्यानरमा भाडाका सिपाहीमा परिणत भइसकेर बिदेशीको योजनाबाट सत्तामा बसेका निमित्त नायक मात्र हुन् । नेपाललाई अस्थिर बनाइराख्ने ‘इशाई‘ र ‘रअ’को (अमेरिका र इण्डियाको) काम गर्ने माओबादी ब्यानरले निरन्तर काम गरिरहेको पाइन्छ । सन १९८४ मा स्थापित ‘रिम’ यथार्थमा क्रिश्चियन बिचारको रक्षा गर्ने आशयले चिलीका साम्यबादीको रूपमा भएको त्यस संगठनमा संंसारका १४ वटा कम्युनिष्ट पार्टी सम्मिलित थिए । नेपालबाट माओबादी थियो । नेपालको माओबादी राजनीतिको भन्दा विश्व इशाईको संस्था भएको थियो, छ । श्रीलंका, अफगानिस्तान, नेपाल, बंगलादेश, इरान, बंगाल–सर्वहारा, भारत, पेरु, टर्की, इटाली, टयुनेसिया, पूर्व–बंगाल, कोलम्बीया, अमेरिका र भारतीय लगायत १५ वटा दल यसमा समाहित भएका छन् । तीमध्ये सत्तामा पुग्न सफल नेपाल मात्रै हो । यसलाई प्रयोग गरेर अमेरिका र भारतले आ–आफ्ना स्वार्थ साधन गरिरहेका छन् । माओबादीको सीकम्पोसा र आरएसएसको अखण्डभारत को नियत समान रूपको पाइन्छ । ‘रअ’ले नेपालको माओबादीलाई १२ बुँदेबाट छिराउने नेकाँलाई निरन्तर ‘रअ’ र मिशनरीले संंरक्षण दिइरहेको छ । पछिल्लो संबिधान लागू गराउन पनि ‘रअ’ ले अरबौ रकम माओबादीलाई दिएको थियो । अन्यथा धर्मनिरपेक्ष, संघात्मकता जातीय आरक्षण लगायत पारित हुनेनै थिएनन् । भारतीय संसदमा राखेको अखण्ड भारत नक्सालाई पनि नेकपा माओवादीले समर्थन गरिरहेको छ ।
भारतले २०४६ मै नेपालको रक्षा र परराष्ट्र कब्जा गर्ने लक्ष्य पुरा गर्न नसकेको इवि र पछुतो छ भने हिन्दु राष्ट्र मेटाउन नसकेको पछुतो पश्चिमालाई थियो । उनीहरूको मिशन अझै बाँकि रहेकोले उनीहरूले माओबादीलाई क्विजिलिङ्ग गरिराखेका छन् । नेकपा माओबादी उग्रबादी सोचको मानिन्छ । भारतमा रिम सदस्य भएका दलले आजसम्म २ हजार बढि घटना घटाएका छन् भने हाजारौका ज्यान लिएका छन् । अखण्ड भारत सीकम्पोसाको पनि चाहना हो । विश्व साम्राज्यबादी अमेरिकाको मुख्य चासो इशाई बनाएर नेपाली मात्रको आस्था अमेरिकतिर तान्नु र बढाउनु छ । यी सबै काममा नेपालका माओबादी अग्ररूपमा छन् । तथाकथित माओबादी साम्यबादी भनाइनेहरू चारैतिर नेपालको सीमा अतिक्रमण गर्दा पनि केही बोल्न सक्तैनन् । नेपाल सार्कको अध्यक्ष भएर पनि चुइक्क बोल्ने आँट गर्दैैन । भारतको सुरक्षा शक्तिको एक चौथाइ काश्मिर मै केन्द्रित छ । त्यो फौज नेपालमा पनि तेस्र्याउन दक्षिण एसियाको सोभियत फेडेरेशन निर्माण गरिएको थियो । माओबादीहरू त्यस संघका लडाकुका रूपमा देखा परिरहेका छन् । संघमा ११ वटा दल सम्मिलित छन् ।
अब अलिकति शाही नेपाली सेनाको नियतमाथि चर्चा गरौं । आजको नेपाली सेना देश र राजभक्त नभएको पाइन्छ । यो राजभक्त भएको भए दरबार हत्याकाण्ड हुनेनै थिएन । यो देशभक्त भएकोभए धर्मनिरपेक्ष हुने नै थिएन । यो संयमित र सुशासनिक भएको भए बाटो बिराएकालाई बाटोमा ल्याएर आम चुनाव गराउन राजालाई सघाएको हुने थियो तथा गणतन्त्रको घोषणालाई रोक्न सक्थ्यो । यो संस्था दल र विदेशीको दास बनेको प्रसङ्गलाई निआल्ने हो भने दलको आदेशमा एसिया प्यासिफिकबारे समर्थन जनाएर अमेरिकालाई लेखेको गोप्य चिठी पर्याप्त । प्रज्वल शमशेरदेखि भारतपरस्त बनाएर नेपाली सेना माओबादीको पक्षधर बनेका अनेक तथ्य यस पुस्तकमा उजागर गरिएका छन् भने कटवालका पालामा राजा नेकाँको इशारामा हिड्नुपर्ने नमानेपछि पदच्यूत भएको पाइन्छ । माओबादीले नेपाली सेनालाई माओबादी सेना बनाउन खोज्दा उत्तराधिकारी सेना कुलबहादुर खड्कालाई मनाइसकिएको स्वतः उजागर छ । तर ‘रअ’ ले माओबादीलाई भन्दा नेकाँलाई विश्वास गरेकै कारण त्यो योजना असफल भएको थियो । त्यस दिन नेपालका तीनैतिरका सीमानामा भारतीय सेना तैनाथ थिए । असफलतापछि सीमानाबाटै फर्केका थिए ।
कटवालले घोषणा सभालाई दुइ घेरामा घेरिदिएको भए, राप्रपाले पनि जुलुस निकालेर घेरेको भए हिन्दु अधिराज्य कायमै रहने थियो । धर्मनिरपेक्ष र गणतन्त्र हुने अबस्थै थिएन । यसरी शाही सेनाको धर्मले गर्नै नहुने काम इण्डिया र इशाई मुलुक मिलेर नेपालको गौरवमय सेनाको गौरव सदाका लागि ध्वस्त बनाएका छन् । मालिक हुनुबाट हटेर दास बनाएका छन् । नेपाली सेना गौरवको बन्नुभन्दा भाडाको सिपाही बनाउनेतिर तल्लिन देखिन्छ । दलले जनतालाई बिदेशको विकास गर्ने कुल्लि बनाउने योजना बनाउने र नेपाली सेनाले भारत बेलायतका गोर्खा पल्टन जस्तै गरी यु.एन.ओ.को भाडाको सेना बनाएर धन कमाउन चाहनेमा सीमित गराउँदै लग्नुले पनि नेपालको गरिमा निरन्तर घटिरहेको पाइन्छ ।
त्यसलाई प्रहरी र सेना तथा निजामतिका कर्मचारीले पनि साथ दिएका छन् । देश बर्बाद हुँदै गएको छ । यी तीन दलले २०१८ सालदेखि आजसम्म गरेका कुनै पनि आन्दोलन, बिद्रोह, संघर्ष, पूर्वाधारको विनाश, निर्माण विकासमा अबरोध नगरेको भए आज देशको अबस्था उँचो भैसकेको हुने थियो । यस पुस्तकका लेखक अर्जुन ज्ञवालीले यस्तो सत्यतथ्य उजागर गर्न खोजेका छन् । यस प्रसंगमा उनको एउटा बाक्य छ – ‘दरबार हत्याकाण्डको समयमा दरबारभित्र रहेका दुईवटा सैन्यगणमा रहेका सिपाहीहरूलाई हत्याकाण्डको पोल खुल्छ कि भन्ने डरले त्यहाँका सेनालाई जहाँजहाँ सरुवा गराइयो त्यहींत्यहीं माओबादी मार्फत् आक्रमण गराएर तिनकको हत्या गराइयो । ‘ यो वाक्य नेपालीमात्रले मनन् गर्नुपर्ने गुह्य सूत्र हो । यसरी भित्री घेरामा सेनाकै सादिस देखिन्छ । यो कुरा आजकल तत्कालीन माओबादी कमाण्डर, प्रेमचन्द्र ठकुरीले फेस बुकमा वकलेका छन् । उनले लेखेका छन् – राजा वीरेन्द्र हुँदाहुँदै राजसंस्थाबिरुद्ध जनता उतार्न कुनै पनि हालतमा नसक्ने भएपछि काँग्रेस र कम्युुनिष्ट मिलेर दरबार हत्याकाण्ड घटाइएको थियो । घटना पश्चात राजा ज्ञानेन्द्रको परिवारलाई उक्त घटनाको दोषी आरोप लगाएर जनतामा भ्रम सिर्जननगरी राजसंस्थालाई कमजोर पार्ने काम भयो । प्रज्वलको पोखराको घर सुरक्षित हुनु तर सच्चित शमसेरको गोरखाको घर पूर्ण क्षति गराइनु तथा सैनिक जनरल फुदुङलाई माओबादी कोटामा सांसद बनाइनुले पनि उक्त घटनाहरूले प्रमाणित गर्दछ ।
सदा गौरवशाली इमान–जमान भएका नेपाली सेनाले आज बेइमान, दुष्ट र राजद्रोही, देशद्रोहीको उपमा पाएका छन् । तिनले यसबापत धन त पाए, तर त्यो ठूलो कुरा होइन । ठूलो कुरा उनका पुस्ता दरपुस्ताले बेइमानको खलकको उपाधी पाए । भू–भौगोलिक कारण नेपाल चीन र इण्डियाको चेपुवामा हुनुपर्ने स्वभाविक हुन्थ्यो तर आजको नेपाल इण्डो–अमेरिकी तथा धर्म–सम्प्रदायको चेपुवामा च्याप्पिइसकेको छ । भारत नेपाललाई संरक्षित राज्य बनाउन तल्लिन देखिन्छ भने चीनले, प्रो. बाङचुङका अनुसार, नेपालको सुरक्षात्मक रणनीति तथा नेपाल चीन सम्बन्ध बारे कुनै पनि गल्ती हुन नदिने चाहनासम्म राख्दछ । तर इण्डिया स्वतन्त्र भएका दिनदेखि कहिल्यै परतन्त्र नभएको नेपालमाथि निरन्तर उपनवेश बनाउने आशयको गिद्धे आँखा गाडिरहेको छ । नेहरू–पटेलले हिमालमुनि इण्डिया बनाउने सपनालाई ईन्दिरा गान्धीले सिक्किमको विलय, पुर्विपाकिस्तानलाई अलग राज्य बनाइदिनेकाम मात्र गरिनन्, नेपालको तराई पनि टुक्राउने योजना बुनिन् । बी.पी. र पुष्पलालाहरूले बंगलादेश अलग्याएपछि समर्थन जनाएका थिए । त्यसको आशय नेपाल, भूटानको सार्वभौमिकतालाई पनि कमजोर बनाएका थिए । जबकि चीन त्यसको बिरुद्ध थियो, छ । साम्यवादका पुष्पलाल वा पुँजिबादका कोइरालाहरूले नयाँ जनवाद वा उदार लोकतन्त्र जस्ता शब्दजालका कुरा अगाडि सारेर भ्रम छरिहेका थिए, छन् । आज पनि तिनका उत्तराधिकारी नास्तिकता र धनका पुजारी छन् । ती सबैमा नैतिकता र मानवियाता केही पनि छैन । चीनका माओ स्वयं बंगलादेश अलगगर्ने बिचारका बिरुद्ध थिए तर तिनकै अनुयायी मान्ने पुष्पलालहरू कसरी बंगलादेशको समर्थनमा खडा भए ? यो दलीय राजनीतिमै अहं प्रश्न बनेको छ । यसले पुष्पलाल पनि लेण्डुप दोर्जेको बाटोमा हिडेका थिए र आजका उनका चेला पनि हिँडिरहेका छन् भन्ने दर्शाउँछ । नेहरूपछि उनकी छोरी इन्दिराले बंगलादेशको सपलतापछि नेपालको तराई टुक्राउने योजना बनाएकी थिइन् भने राजीव गान्धीले पनि नेपाललाई जयपुरका राजासरहको आँखाले हेर्न थालेका थिए । नेपालका यी दल यी सबैको अनुचर बनेर आफ्नै देशलाई परजीवी र जनतालाई दास बनाउने काम गरेका छन् । यो कुरा मैलेमात्र भनेको हैन, खुदै ‘रअ’ का अधिकृत आर.के.यादवले मिशन रअ भन्ने पुस्तकमा लेखेका छन् । पुष्पलाल, रामराजा, राजेन्द्र महतो, रावत लगायत नेपालका कैयौँ दल नेपालको तराई टुक्राउनेमा सम्मिलित थिए, छन् । ‘एक मधेश, एक प्रदेश’ पनि त्यही आशयको ‘रअ’ले बनाएको नारा हो । बिद्रोहीले स्वतन्त्र हुने र विलय हुन पाउने सार्वभौम अधिकारसमेत खोजेका थिए, छन् । सन् १९९० को दशकसम्म ‘रअ’ ले राजा र पञ्चायती शासन पद्धतिको बिरुद्ध नेकाँ र पछि माओवादी र अरु ७ दललाई एकत्रितगराएर एकैचोटी नेपाल निल्ने योजना बनाएको थियो । नेकाँलाई सत्तामा ल्याएर बहुदलीय पद्धति आउँनासाथ नेपाललाई भारतको समर्थक राष्ट्र बनाएको थियो । गिरिजाले र पुष्पकमलले एकै तरिकाबाट भारतको दलाल भएर नागरिकता बिधेयक अनैतिक र अबैधानिक रूपमा पारित गर्नु त्यसको ज्वलन्त प्रमाण हो । प्राकृतिक श्रोतसाधन, आर्थिक सामाजिक काममा पनि यस्तै भएको छ । नेपाली जगतले बुझनुपर्ने कुरा के हो भने २०३६ सालपछिका नेपालका कुनै पनि परिवर्तन नेपाली जनताले ल्याएका होइनन् । सन् १९७३ मा नेकाँले शानेबानीको बिमान अपहरण गरेर भारत लग्नु, सोही साल सिंहदरबारमा अगलागि हुनु, सन् १९७४ को मार्चमा नेपालको राजपरिवारको हत्या षड्यन्त्र हुनु, सबैको पछाडि ‘रअ’ को चलखेल देखिन्छ । राजा वीरेन्द्रको हत्या योजना त्यसबेलादेखि भयो जब उनले मुस्ताङमा बसेर चीन बिरुद्ध हतियार चलाउने खम्पालाई सखाप पारिदए । त्यसको पछिल्लो घटना प्रचण्ड प्रम भएका बेलामा इण्डियाले मुस्ताङमा बौद्ध विश्व विद्यालय बनाउने प्रस्ताव ल्याएको थियो । यी उदाहरणहरूले नेपालप्रति भएको इण्डियाको कुनियत स्पष्ट बुझिन्छ । यदि चीनमा नेपालसितको माओ नीतिले निरन्तरता पाएको भए दरबारहत्याकाण्ड हुने थिएन, तथा राजनीति सामाजिक परिवर्तन पनि हुने थिएनन् । चीन बिरुद्धमा लागेका अमेरिकी तथा इण्डियन शक्तिहरूलाई नेपालका उक्त तीनै दलले समर्थन जनाएका थिए । इण्डो–अमेरिकी शक्ति तिब्बत टुक्र्याउने छलछाममा थिए, छन् । राजा वीरेन्द्रले स्वतन्त्र निस्पक्ष तटस्थ असंलग्न परराष्ट्र नीति लागू गरेर तदनुरूप आचरण गरेकाले उक्त दुई देशलाई मन नपरेको भए पनि त्यो सत्य र यथार्थ भएकाले केही भन्न सकेका थिएनन् । त्यसैकारण २०५८ ज्येष्ठ १९ को दरबार हत्या काण्ड छलछामको नीति थियो । त्यो ‘रअ’–सीआइए, नेपालको सेनाको योजनामा त्यसमा चारजना नेपाली पनि समाबेस थिए भन्ने कुरा तर्कबाट सावित हुन्छ । अर्जुन ज्ञवालीले भने यस पुस्तकमा अझ धेरैको हात भएको भनेका छन् । उनले लेखेकाछन्– ‘दरबार हत्या काण्डमा नेपाली सेना, दरबारका मुख्य सचिव, माओबादी नेता बाबुराम र कृष्णबहादुर महरा लगायत संलग्न रहेको आशंका गर्नु अस्वाभाविक होइन ।’ प्रो बाङका अनुसार दरबारको हत्या योजना त्यसभन्दा निकै अघि पुष्पलाल जिवित छँदै गर्ने योजना थियो । पछि त्यो भुमिका बाबुरामलाई दिइएको थियो । हत्या हुँदा ९ बामको मोर्चा बनेको थियो । नौ बामले हत्याको समवेदना जारि गर्ने प्रस्ताव गर्दा मसालका महामन्त्री मोहनविक्रम सिंंहले नमानेपछि रोकिनुले यिनीहरू इण्डो–अमेरिकी गठबन्धनमा भएको प्रमाणित हुन्छ ।

(डा. शास्त्रदत्त पन्तले नारायणहिटी हत्याकाण्ड, नेपाली कम्युनिष्ट र सिआईए पुस्तकमाथि लेख्नुभएको भूमिकाबाट)