Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल इन्भेष्टमेन्ट बैंकमा पाण्डे सर्वसम्मत

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा सर्बसहमति भएको छ । बैंकले ३५औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट पुरानै सञ्चालकहरुलाई निरन्तरता दिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले मंसिर १७ गते हुदैछ । साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने अजेण्डा छ ।

हालको सञ्चालक समतिमा भएका चार जना संस्थापक सेयरधनीले नै सञ्चालकका लागि दावी पेश गरेका छन् । अरु सेयरधनीबाट उम्मेदवारी परेको छैन । उम्मेदवारहरुको अन्तिम नामावली आजै सार्वजनिक गर्ने बैंकले जनाएको छ ।

संस्थापक सेयरधनीको तर्फबाट हाल सञ्चालकमा रहेका अध्यक्ष पृथ्वी बहादुर पाँडे, सञ्चालकहरू प्रजन्यराज भण्डारी, सुर्यप्रकास लाल श्रेष्ठ र रवि कुमार तिव्रेवालाले उम्मेदवारी दिएका छन् ।

बैंकले मंसिर १२ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने, १३ गते उम्मेदवारीको नाम उपर दावी विरोधमा उजुरी दिने, मंसिर १४ गते अर्थात हिजो उम्मेदवारको नाम फिर्ता लिने समय तालिका थियो ।

चारै जनाको उम्मेदवारीलाई १७ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ । बैंकको अध्यक्ष फेरी पनि पृथ्वीबहादुर पाँडे नै हुने सम्भावना रहेको छ । उनी बैंक स्थापनाकाल देखि नै अध्यक्षको जिम्मेवारीमा छन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल