Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपियाँको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले रु.१००० अंकित दरका १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४०,४०,००० कित्ता बराबरको रु.४,०४,००,००,००० रकमको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
उक्त ऋणपत्र निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।