Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले बोलायो साधारण सभा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सभामा अनलाइन भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

सभाले चुक्ता पूँजीको १०.२६९ प्रतिशत प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट एक जना महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


सम्बन्धित समाचार