Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल पुलिस स्कुल द्वितीय स्थान हासिल गर्न सफल

काठमाडौं । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा ९कक्षा १२० र माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० गरी दुई विधामा नेपाल पुलिस स्कुल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
४७औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल पुलिस स्कुल साँगालाई द्धितीय स्थान हासिल गरेका उक्त दुवै विधातर्फ २र२ लाख रुपैयाँ नगद पुरस्कार, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गर्नुभयो ।
उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्कुलकोतर्फबाट उक्त पुरस्कार ग्रहण गर्नुभयो । पुरस्कार ग्रहणका अवसरमा उक्त विद्यालयका प्रधानाध्यापक, समादेशक तथा शिक्षकवर्ग, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा राष्ट्रिरस्तरमा उत्कृष्ट हुने विभिन्न विद्यालय, क्याम्पस तथा शिक्षालयहरु समेतलाई विविध पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।