Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीका १९ डीआईजीको सरूवा

काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको नेपाल प्रहरीको डिआईजी सरुवा प्रक्रिया सरकारले पूरा गरेको छ । चौतर्फी राजनीतिक दबावका कारण समय पुगे पनि यथास्थानमा रहेका डिआईजीहरुको यो सरुवाले अब तल्लो तहलाई सरुवा गर्न बाटो खुलेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ डीआईजीको सरूवा गरेको हो । मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरूको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एक नम्बर प्रदेशमा भावी आईजीपीका दाबेदार ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ । बस्नेत प्रदेश ५ बाट ३ मा आएका हुन् । यस्तै योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी आएका छन् ।
यसैगरी सुरज केसी सुरक्षा व्यवस्थापन निर्देशनालय, दानसिंह बोहोरा प्रहरी एकेडेमी, दिपक थापा ट्राफिक निर्देशनालय, विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय, महेश विक्रम शाह, सुरक्षा परिषद्, सूर्यप्रसाद उपाध्याय अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । त्यसैगरी सशस्त्र प्रहरीको एक नम्बर बाहिनीमा नगेन्द्र थापा, ६ नम्बरमा प्रजाभक्त श्रेष्ठ, दुई नम्बरमा राजु अर्याल, ३ मा चिरञ्जीवी अधिकारी, ५ मा नारायणदत्त पौडेल, ७ नम्बरमा गोविन्द क्षेत्री, ९ नम्बर बाहिनीमामा चन्द्रप्रकाश गौतमको सरुवा भएको छ । सशस्त्रले १३ जना डिआईजीहरुको सरुवा गरेको हो ।