Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९३ वर्षको उमेरमा सोमबार राति निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिएका छन्।

श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। पछिल्लो करिब ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय श्रेष्ठले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाएका थिए।

नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्।

नेपाल भाषा साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।