Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल र उपेन्द्रले शर्त सहित प्रचण्डलाइ बिश्वासको मत दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सकिएको छ । सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको तीन नेताको छलफलमा प्रधानमन्त्री प्रचण्डले अफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले मंसिर २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।
तीन नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन नेपाल र यादवलाई गरेको आग्रहमा दुवै नेताले विश्वासको मत दिन सकारात्मक रहेको तर केही शर्त पुरा गर्नुपर्ने प्रस्ताव गरेको श्रोतले जनाएको छ । नेपाल र यादवले के शर्त राखेका थिए भन्ने खुलिसकेको छैन ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल