Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा बन्दा लागेको माया प्रेमले अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उनीहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गरिसकेका थिए । अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएका थिए । तर चतुर खेलाडी केपी ओलीले सर्वोच्च अदालत मार्फत् २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा पुगे । तर, दुवैको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा छन् । ओलीविरुद्ध सक्रिय नै छन् । प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जस अनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ । दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् । प्रचण्डको पनि यसमा भित्री भूमिका रहेको बुझिएको छ । जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव जितिसकेका छन् । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने देखेर नयाँ दल खोलेर बढ्ने रणनीति बनाएका हुन् । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ । नेपालले एमालेमा फर्कन नसक्ने स्पष्ट संकेत गरिसकेका छन् । बरु एमालेको ठूलो समूहलाई साथ लिएर योभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित बढेका छन् । नेपाल र प्रचण्ड मिलेमा ओली नेतृत्वको एमालेभन्दा बलियो हुनसक्ने आँकलन पनि गरिएको छ । नेपालसँग एमालेभित्र मजबुत संगठन गर्न सक्ने खुबी भएका नेताहरु छन् । प्रचण्डसँग भिड्न सक्ने कार्यकर्ता छन् । दुवैले एक भएर शक्तिशाली बन्ने लक्ष्य लिएको देखिदैछ । देउवा र प्रचण्डलाई स्पष्ट शब्दमा ब्याक नहुने र बोलेको पूरा गर्ने नेता भएको स्पष्ट पारिसकेका छन् । ओलीसँग सम्झौताका लागि उनको शर्त कडा देखिएको छ । २ जेठ २०७५ को अवस्थामा एमालेको सांगठनिक स्वरुप रहनुपर्ने, प्रतिनिधि सभा विघटनको कदममा ओलीले सार्वजनिक रुपमा माफी मागेर आत्मालोचना गर्दै सच्याउनुपर्ने मुख्य छन् । पहिलोमा तयार भएपनि दोस्रोमा ओली तयार देखिदैनन् । यसकारण एमाले एकता कमजोर छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल