Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल लाइफको नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना

काठमाडौं । आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी भन्ने मूल नाराका साथ अगाडि आएको नेपाल लाइफ इन्स्योरेन्सले समयसापेक्ष योजनाहरु सार्वजनिक गर्र्दै आइरहेको छ । कम्पनीले सार्वजनिक गरेका विभिन्न जीवन बीमा योजनाहरु मध्येको अर्को योजना हो, नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना । यो योजना व्यापारिक वर्गलाई लक्षित गरेर ल्याइएको नेपाल लाइफका डेपुटी जनरल म्यानेजर उमापति पोखरेलले बताए ।

यो एक मनि ब्याक योजना पनि हो । जसमा निश्चित अवधिमा बिमाङ्क रकम बीमा गरिएको रकम स्वतः फिर्ता हुने पोखरेलले बताएका छन् । विशेषत व्यवसायी वर्ग एकै पटक लगानी गर्न चाहँदैन र छिटो लगानी प्रतिफल खोज्ने गर्छ, यस्तो वर्गका लागि यो योजना निकै लाभदायक भएको उनको तर्क छ । थोरै थोरै बुझाउन सकिने र सिमित अवधिमा नै फिर्ता हुने भएकाले यो योजनामा सामेल भई लाभ उठाउन सकिने पोखरेलको भनाइ छ । बीमा अवधि करार समाप्त हुनु अघि नै ४/४ वर्षको अन्तरालमा बीमाङ्क रकम फिर्ता हुने भएकाले यस योजना फलदायी भएको उनको दावी छ । यसबाट सिमित वर्षको बीमाशुल्क भुक्तानीमा बीमा अवधिभर जोखिम बहन हुनेछ ।

जसमा बीमा अवधिभित्र मृत्यु भएमा पुरै बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट पाइने छ । साथै, अपाङ्ग अशक्तताको सुविधा पनि दिइएको कम्पनीले जनाएको छ । बीमालेख धितोमा एक वर्षमा नै कर्जा उपलब्ध हुने सुविधा पनि भएको कम्पनीले जनाएको छ । जुन कर्जा अन्य क्षेत्रमा लगानी गरी अर्को लाभ उठाउन सकिन्छ ।


सम्बन्धित समाचार