Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । देशका सातै प्रदेशमा रहेका ६ हजार भन्दा बढी अभिकर्ताहरुलाई नेपाल लाइफले पूनर्ताजगी कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरि १३ स्थानमा अभिकर्ताहरुलाई तालिम दिएको छ ।
त्यस्तै, हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव एक हजार जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ । गत बैशाख ७ गते विर्तामोडको सेन्ट्रल पोइन्ट होटल एंड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा चार सय जना , बैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा चार सय ५० जना, बैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एंड पार्टी प्यालेसमा पाँच सय ७० जना , बैशाख १६ गते बिरगंजको होटल शाह दरबारमा चार सय ५० जना, बैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा चार सय ६० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् । त्यसरी नै बैशाख २२ गते भक्तपुरको नमस्ते ब्याब्क्वेटमा पाँच सय जना, जेठ ५ गते काठमाडौँको अनमोल ब्याब्क्वेटमा सात सयजना जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा तीन सय ५० जना, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा तीन सय ४० जनाले तालिम प्राप्त गरेका छन् ।
जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा तीन सय ६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा पाँच सय ५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा पाँच सय ५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा चार सय जना गरि कुल ६ हजार ८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका हुन् ।
जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा नेपाल लाइफका संचालक कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकालको उपस्थिति रहेको थियो । अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्रपंङ्तीमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेको जनाएका थिए ।
त्यस्तै, नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रवीणरमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको जनाए ।
कम्पनीले भारतको मुम्बईबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार र विजयकुमार झालाई कार्यक्रममा अतिथिको रुपमा डाकेको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल