Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल लाइफ इन्स्योरेन्स नयाँ बीमा योजना ल्याउने तयारीमा

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सन् २०२३ मा ‘एमडीआरटी’का लागि योग्य भएका ११६ अभिकर्तालाई सम्मान गरेको छ। इन्स्योरेन्सले वर्ष सकिएको एक सातामै काठमाडौंमा ‘एमडीआरटी’अचिभर्स अवार्ड कार्यक्रम आयोजना गरी अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले व्यवसाय विस्तारमा केन्द्रित हुन अभिकर्ताहरुलाई आग्रह गरे। उनले बजार सुहाउँदो बीमा योजना सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए। कम्पनीका संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीको व्यवसाय उत्साहप्रद रहेको बताए।


सम्बन्धित समाचार