Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।
उक्त शेयरमध्ये १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गर्न लागिएको हो ।
२७ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ६८ हजार ७ सय ५० कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर भने सर्वसाधारणलाई बिक्री गरिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ ।
उक्त कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पूरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल