Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से बढेको बढ्यै

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५।७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ । मंगलबार नेप्से १६७४।४७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, म्यूचअल फण्ड र लगानी समूहका लगानीकर्ताहरुले कमाएका छन् । मंगलबार बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका लगानीकर्ताले भने गुमाएका छन् । तेस्रो दिन लगातार वृद्धि हुने क्रममा आज चार वटा कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार रकम समेत सोमबारकै हाराहारीमा भएको छ । आइतबार ९ अर्ब भन्दा माथिको कारोबार भएकोमा सोमबार कारोबार ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको थियो । मंगलबार कोरोबार रकम समेत वृद्धि भई ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको भएको छ । मंगलबार कुल २१३ कम्पनीको कारोबार भएको छ । यस दिन ८१ हजार ७ सय ५३ कारोबार अंकबाट १ करोड ६१ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल