Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से १५.३३ अंकले बढ्यो, साढे तीन अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेको छ ।

सोमबार नेप्से १५.३३ अंकले बढेर २१०१.१६ को विन्दुमा पुगेको छ । १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४५ कम्पनीको सेयर मूल्य घट्दा चार कम्पनीको भने स्थिर छ ।

यस दिन एक करोड एक लाख आठ हजार १२२ कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । अन्य उपसमूहको समूहगत सूचक मात्रै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ ।

 


सम्बन्धित समाचार