Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौं । नेफ्टा अवार्डको उत्कृष्ट ५ मनोनयनमा चलचित्र ‘कृष्ण लीला’बाट आफू नपरेपछि अभिनेत्री श्रद्धा क्षेत्रीले मे १४ मा फेसबुकमा स्टाटस लेख्दै ‘अवार्ड किन्न सकिने तर सम्मान भने कमाउन आवश्यक छ’ भनेर लेखेकी थिइन् । आफू मनोनयनमा नपर्नुको पीडा उनले फेसबुकमा पोखेको स्पष्ट बुझिन्थ्यो । तर, अवार्ड किन्न सकिन्छ भनेकी उनै श्रद्धाले यसै साता एक अवार्ड खुसीपूर्वक ग्रहण गरिन् ।
उनले अवार्ड उचाल्दै गर्दा उनकै फेसबुक स्टाटसलाई लिएर प्रश्न उठेको छ, ‘के उनले पनि किनेरै अवार्ड लिएकी हुन् त यो प्रश्न उठ्नु स्वभाविक नै हो । किनकि, उनी आफैंले फेसबुकमार्फत् अवार्ड किन्न सकिन्छ भनेर खुलेरै भनेकी छन् । कि अरुले पाएको अवार्ड मात्र किनेको हुने हो ? आफूले पाएको अवार्ड चाहिँ कामको मुल्यांकनको आधारमा मात्र हो भन्ने उनको आशय त होइन ?
चलचित्र ‘कृष्ण लीला’बाट श्रद्धाले व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै पाउन सकिनन् । चलचित्र रिलिजको बेला अभिनेता पुष्प खड्कासँग नाम जोडिएर जति चर्चा भयो, त्यसैमा उनले चित्त बुझाउनु पर्यो । केही महिनाअघि सार्वजनिक भएको ‘मेसो मिलाएर’ गीतले भने उनलाई एकखालको चर्चा दिलाएको छ । ‘कृष्ण लीला’पछि श्रद्धाको हातमा चलचित्र परेको जानकारीमा छैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल