Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ।
नेपालगन्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो।
कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले बदलिँदो प्रविधि र व्यावसायिक वातावरणअनुसार कर्मचारीको दक्षता अभिवृद्धिमा जोड दिइन्।
उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल कनेक्टिभिटीलगायत प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकता दिइने बताइन्। कर्मचारीको क्षमता विकासका लागि कम्पनीले आवश्यक लगानी गर्ने र दक्ष जनशक्तिले व्यवसाय विस्तारमा सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का लागि छनोट भएका शिवेश ठाकुर, गीताकुमारी थिङ, रुक्मणीकुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाहीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्न कर्मचारीको भूमिकालाई महत्वपूर्ण रहेको बताए।
उनले संस्थाका नीति तथा नियमको पालना, कामप्रतिको जवाफदेहिता तथा समस्यालाई संस्थाकै समस्याका रूपमा लिएर समाधान खोज्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमा क्षेत्रमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम र त्यसप्रति अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी तथा संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणसम्बन्धी प्रशिक्षण दिएका थिए।
वर्कसपका क्रममा नाटक, समूह छलफल तथा परीक्षा लगायतका गतिविधि सञ्चालन गरिएको थियो। त्यसैगरी फुटसल, टेबलटेनिस र टग अफ वारलगायतका खेलकुद गतिविधिसमेत आयोजना गरिएको कम्पनीले जनाएको छ।
उत्कृष्ट टिम तथा खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको अन्तिम दिन सहभागी कर्मचारीलाई कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो।
२०८३ आश्विन १६
ताजा नेपाल
२०८३ आश्विन १६
ताजा नेपाल
२०८३ आश्विन १६
ताजा नेपाल