Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेशनल लाइफले लकडाउनमै गर्यो १ करोड ८४ लाखको बिमा भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि बिमितहरुलाई डिजिटल माध्यमवाट विविध बिमासेवा उपलब्ध गराउँदै आएको छ । सोहीअनुसार यस अवधिमा कम्पनीले पूर्णावधि दावी (मेच्युरिटी क्लेम) वापत रु. एक करोड ८४ लाख ४१ ह्जार नौं सय ८५ रकम बिमितलाई भुक्तानी गरेको छ । कम्पनीले डिजिटल प्रविधिवाट बिमा शुल्क भुक्तानी लिने र बिमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना रोग वापत एक वर्षको लागि बिमा गरेको छ । सो रोग लागेको पीसीआर प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बिमाङ्क रकम प्रदान गर्ने ब्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।