Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नौ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। उता चाँदीको मूल्य भने आज बढेको छ। बिहीबार १ हजार ७४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज तोलाको १ हजार ७६० रुपैयाँमा कारोबार भएको छ।


सम्बन्धित समाचार