Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

न्याम्सको उपकुलपतिका लागि ११ जनाको आवेदन

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ। न्याम्सको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएको मन्त्रालय स्रोतले जनाएको छ। न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत, न्याम्सका पूर्व डिन डा पियुष दाहाल, वीरकै पूर्व निर्देशक प्राडा बुलन्द थापा, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख प्राडा सरोज शर्मा, प्राडा अनिल मिश्र, डा दीपक थापा, डा रेवती रमण मल्ल, डा प्रवीण श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा अजित रायमाझी, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा अमिरबाबु श्रेष्ठ र डा दीर्घराज जोशीले आवेदन दिएका छन्। प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए। उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो। उक्त कमिटीले आवेदन मध्येबाट तीन जनाको नाम न्याम्सका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गर्ने छ। न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले तीनजना मध्येबाट एकजनालाई न्याम्सको उपकुलपति बनाउने छन्।