Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

न मर्न नै सक्छन् न केही गर्न नै सक्छन् प्रचण्ड !

यो देशमा विगत १० वर्षदेखि राज गर्दै सबै दलका नेताहरुलाई घुमाई फिराई आफ्नै अण्डरमा राख्न सकेका प्रचण्ड अहिलेको समयमा आईपुग्दा उनी पार्टीको साधारण संसदको अधिकार मात्र प्रयोग गर्न सफल भएका छन् । न उनको निर्णय अन्य दलले सुन्छन् न कार्यन्वयन हुन्छ । उनकै नजिक मानिने सीर्ष भनिएका नेताहरु केपि ओलीको पार्टीमा गएपछि प्रचण्ड विरुद्ध विद्रोह गरि मन्त्रीपद खाइरहेका छन् । उनीहरुको असन्तुष्टि भनेकै प्रचण्ड स्वार्थी र महत्वकांक्षी भई पार्टी र जनताको हितमा केहि काम गर्न नसकेको बताउदै आइरहेका छन् । उनको स्वार्थमा बोल्ने एउटा हुन्छ, गर्ने अर्काे हुन्छ । केही समय अगाडि केपि ओलीले संसद विघटन गर्दा प्रतिगमन भयो भन्दै लाखौ मान्छेलाई टुडिखेलमा बोलाई हामी पदको लोभी होइनौ भनेर जनतासँग हारगुहार गरेकै थिए । हामीलाई पद चाइदैन भनेर सुनाएकै हुन् । अहिले आएर तीनै प्रचण्ड पदको लागि सबै पार्टीहरुसँग हारगुहार गरिरहेका छन् । उनको हारगुहारलाई कुनै दलको नेताहरुले टेर पुच्छर लगाएका छैनन् । दश वर्षदेखि यो देशलाई राजनीतिक तहबाट बन्दक बनाएर शक्तिमा रहेका प्रचण्डको हैसियत अहिले आएर संसद बराबर भएको छ । उनले यतिका वर्षसम्ममा आफ्नो प्रतिष्पर्धामा आउने जो कोहीलाई पनि आफ्नै कब्जामा पारेर आफ्नै निर्णय लागू गर्दै सधै शक्तिमान हुदै आएका थिए । तर केपि ओलीसँग प्रतिस्पर्धा गर्दा सडकमा पुगेको कुरा प्रचण्डले पनि बुझेकै हुनु पर्छ । अबका दिनमा प्रचण्ड अझै कति गिर्दै जाने हुन् समयले देखाउला । केपि ओलीसँग अझै जोरी खोज्दै जाने हो भने अब आउने चुनावमा सडकमा सिमित धुपाउरेहरुको साथमा मात्र देखिने पक्का भएको छ । उनको कुनै राजनीतिक भिजन नदेखिएको कुरा माओवादी भित्रै चर्चाको विषय बनेको छ । ओली प्यानलका नेताहरुले भन्ने गरेका छन् प्रचण्ड अब चुनावी प्रतिस्पर्धामा होइन बोलीको प्रतिस्पर्धामा मात्र सिमित रहने बताइरहेका छन् । ओली पक्षका नेताहरु धुक्क छन् प्रचण्डको यो देशमा अब केहि चल्ने वाला छैन । न सरकार गिराउने हैसियत छ न पार्टीबाटै अलग्गिएर यता उता भएका नेता कार्यकर्तालाई आफूसँग समेट्न सक्छन् । यीनै कारणहरुले गर्दा प्रचण्डको हैसियत केहि छैन केहि गर्न सक्दैन भन्ने हितुले ओली पक्ष अधि बढिरहेको ओली पक्षकै नेताहरु बताउदै आइरहेका छन् ।