Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पछिल्लो ४ घण्टामा २८५६ संक्रमित थपिए, ३३३६ निको भएर घर फर्किए

काठमाडौं । कोरोना संक्रमण बढेसँगै कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

३ हजार ३३६ जना घर फिर्ता
नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने यही अवधिमा ३ हजार ३३६ जना निको भएर घर फर्किएका छन् । शनिबार पनि २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा २ हजार ८४६ जना निको भएका थिए । हालसम्म १ लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०।६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५७२ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १,८४९ र सबैभन्दा कम प्रदेश २ मा ५९ जना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा मात्र १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ । नेपालमा मृत्युदर ०।५ प्रतिशत रहेको छ । हाल ३२ हजार ५९३ जना होमआइसोलेनमा रहेका छन् भने २७७ जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


सम्बन्धित समाचार