Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पटक पटक धोका पाएका माधव र वामदेव फकिएलान् ?

काठमाडौं । सबैलाई आश्वासन दिने आफ्नो स्वार्थ पूरा भएपछि वास्ता नगर्ने प्रयोगवादी सिद्धान्तका कारण केपी ओली एक्लिँदै गएका छन् । अहिले घेराबन्दीमा परेपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेतासँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले नेकपाभित्र देखिएको विवाद समाधानका विषयमा वष्ठि नेता नेपालसहितका चार नेतासँग बालुवाटारमा छलफल गरेका हुन्। प्रधानमन्त्रीसँगको छलफलमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेता सहभागी थिए। पार्टीभित्र प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै गएपछि ओलीले नेपाल पक्षीय नेतासँग छलफल गरेका हुन्। करिब डेढ घण्टा लामो समय छलफल भए पनि ठोस निर्णय केही नभएको छलफलमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेको उनको भनाइ छ । वरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई जिम्मेवारी अनुसारको विशाल सोच बनाएर काम गर्न आग्रह गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका लागि लिखित पत्र बुझाएको भोलिपल्ट ओलीले नेपाल समूहका नेतासँग बालुवाटारमा छलफल गरेका हुन् । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए ।
शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्ता भनाभन मै सकिएको थियो । सो भेटमा ओलीले बैठक नबोलाउने अडान लिएका थिए ।


सम्बन्धित समाचार