Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पटाका सहित पक्राउ

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-११ गाईघाट बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षीया पुनिया गुप्तालाई नागिन ३३ प्याकेट र चक्लेट बम पटाका ३२ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पटाका बिक्री गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-२ मुस्लिम बस्तीबाट करिब १२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको किङकोब्रा नागीन ६ बण्डल, चक्कर डिलक्स १३ बण्डल र फ्लावर डिलक्स ३ बण्डल पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरीले उक्त ठाउँमा जाँच गर्ने क्रममा केही व्यक्तिहरुले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त पटाका छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
यसैगरी मोरङ, जहदा गाउँपालिका-१ तारिगामा चौकबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका नागिन, कोब्रा, चकलेट बम र फुलझरी पटाकाहरु बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ केही मानिसहरु उक्त पटाका छाडेर फरार भए पश्‍चात प्रहरीले बरामद गरेको हो ।