Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पतन हुँदैछ राजनीति

दलको नेतृत्व नै पद भ्रष्ट र सत्ता लम्पट भएपछि तन्त्र जे सुकै होस् देश ले प्रगति पनि गर्दैन, व्यवस्थाको इज्जत पनि हुँदैन । जनताको अवस्था पनि सुध्रिँदैन । अहिले भएको त्यही हो । केपी ओलीले प्रधानमन्त्री पाउने निश्चित नहुँदासम्म २०७२ सालमा संविधान जारी गर्न दिएनन् । यस्ता स्वार्थमा डुबेका नेता भएको देश तन्त्र जेसुुकै हास् बन्दैन । त्यसको नमूना यही हो । आन्दोलन जसले ग¥यो, एजेन्डा जसका हुन् उसलाई सरकारमा जान नदिने र घेराबन्दीमा पार्ने यिनै नालयाकहरू हुन् । जसले कार्यकर्तालाई सिआईडी बनाएर परिवर्तनको बन्दूक उठाउने विरुद्ध परिचालन गरेर सेना खटाए । गाउँमा जनताको सम्पत्ति सेनाले लुट्यो । छोरी बुहारीको गरगहना मात्र लुछेन, इज्जतसम्म लुटेको कुरा अहिले दब्यो । काँग्रेस र एमाले जस्ता देश लुटाहा शक्तिको राष्ट्रवाद महाकालीदेखि लिम्पियाधुरा र लिपुलेकमा डुबेकै छ । सेनाले गाउँका युवा युवतीमाथि गरेको दमन, दिएको दुःखमा मलम लगाउने कोही भएन । अघिल्लो संसदवादी पुस्ताले देश लुटाहा नै थियो । त्यसले गणतन्त्रमा पनि पुरानै चरित्र देखायो, त्यसकै नमूना हो गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा काण्ड । जुन काण्ड केपी ओली जस्ता जनताका घातक शत्रुले घटाएका हुन् । उनी भ्रष्टाचारीको मुख हेर्दैनन्, बाँकी सबै कुरा हेर्छन् । नक्कली भुटानी शरणार्थीको नाममा श्रीमतीको अग्रसरतामा उठेको मानव सेवा संघको नाममा स्वकीय सचिव राजेश बज्रचार्य मार्फत् पैसा लिएकै हुन् ।

कसका लागि प्रजातन्त्र दिवस
सरकारले फागुन ७, ८ र ९ गतेसम्म प्रजातन्त्र दिवस मनाउने भन्यो । सम्झौता गरेर युद्ध रोकेको माओवादी लुटतन्त्रमा एमाले काँग्रेस भन्दा फरक छैन । उसैले कसको प्रेरणामा फागुन १ लाई जनयुद्ध दिवस मनाउँछ । जसले युद्ध लडेका घाइते, अपाङ्ग, बेपत्ता परिवारको नाममा नेता मोटाउने कार्यकर्ता र जनतालाई पीडा दिने बाहेक केही गरेन । यो बेला त्यसले स्थानीय तहका ७५३ प्रमुख पदमा १२१ जना भन्दा बढी लिन सकेन । माओवादीले स्थानीय तहको नेतृत्व पाए पनि काम गर्दैन भन्ने कुरा भरतपुर महानगरलाई अपवादमा राखेर हेर्ने हो भने सबै उदांगो हुन्छ । यो शक्ति शासक हुने ल्याकत पनि राख्दैन, जनतालाई पनि रिझाउँदैन । माओवादीको पहिलो तह एमाले, काँग्रेस भन्दा फरक छैन । प्रचण्ड, बाबुरामदेखि देव गुरुङसम्म जनार्दन, वर्षमानदेखि दिनानाथसम्मको ग्याङ लुटाहाका रुपमा परिचित छ । यहाँ नारायणकाजी, गिरिराजमणिहरूको सौखिन शैलीको व्याख्या गर्नै पर्दैन । यो जालो सांसदहरू राजन दाहाल, माधव सापकोटा, देवेन्द्र पौडेल, शक्ति बस्नेततिर फैलन्छ । दाहाल र सापकोटा नयाँ हुन् बस्नेत र पौडेल लुटेको सुन नै दबाउने निष्ठा र ल्याकतका टपरी हुन् । पेशागत संगठन, जनवर्गीय संगठनकै नेताहरू कति बदनाम छन् भन्ने कुरा सुन तस्करी वन, बालुवा, गिटीसँग जोडिनुले छर्लङ्ग भएको छ ।

जस्तो लगानी उस्तै उत्पादन
संसद अधिवेशन शुरु भएको छ । यता बारम्बर एकता र सहकर्याको कुरा गर्ने धुन्दकारीहरू कुरा गर्छन् व्यवहारमा उत्रेका छैनन् । ओलीको दमन सहन नसकेर अपमानित भएर निस्केका माधव नेपाल र झलनाथ खनालहरू दूधले पखालिएका छैनन्, सर्प काण्डको ७२ करोडबाट लागेको १३ करोड मै घुन लाग्यो । मान्छे ज्यँुदै छ, भाषण चर्को गर्छन्, उसैको नाममा प्रतिष्ठान भएन बेइज्जत । कारबाही नगरेर हो ललिता निवास काण्ड र सामुदायिक वनमाथिको दोहन गिटी, बालुवा तस्करीको कमी थिएन । माओवादीले काँध हालेर जितायो, त्यसैलाई माधवका गलगाँड धम्क्याउँछन् । कम्युनिष्टमा कुन रह्यो नैतिकवान ? आफूबाहेक अरुलाई संशोधनवादी भन्ने मोहनविक्रम सिंहलाई बुढेसकालकी कान्छीलाई सांसद बनाउनु परेको छ । अस्ति चुनाव हारेका कृष्ण सिटौला सांसद भए । हिजो नारायणकाजी र वामदेव त्यही बाटोबाट आएका हुन् । व्यवस्थाका सबै फाइदा नेतालाई मात्र भएको छ । कार्यकर्ताले यिनका लागि घुँडो मुन्टो फोडेर अर्थ भएन । मन्त्री यिनै, सांसद तिनै, राजनीतिक नियुक्ति, पुरस्कार, सम्मान तिनैलाई भएपछि दलको निम्ति बोल्ने, लेख्नेले कसको आड भरोसामा टिक्छ ? बोल्ने एउटा गर्ने अर्को ? भागवण्डा हुँदैन भन्ने प्रधानमन्त्रीले कस्तालाई उपकुलपति बनाउँछन् ? मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयमा उपकुलपति बन्न चाहने अनुहार बौद्धिक चोरीका नायक छन् भने नेपालको राजनीति कसरी सुधार्ने हो ? लाज पचेको राजनीतिले देश लुट्ने जनता छक्याउन सजिलो छ । राजनीतिक हावा जताततै छ कस्तो आउँछ प्रतिस्पर्धामा ?


सम्बन्धित समाचार