Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्नीमाथि कुटपिट आरोपमा बुद्ध एयरका पाइलट पक्राउ

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई पाँच दिनदेखि प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार बुद्ध एयरमै ग्राउण्ड ह्यान्डलिङ स्टाफका रूपमा कार्यरत आफ्नी पत्नीमाथि कुटपिट गरेको आरोपमा कसजुलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट म्याद थप गरिएको छ। शुक्रबार उनलाई थप म्यादका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी छ।

यता, विगत १० दिनदेखि कसजु बुद्ध एयरको उडान ड्युटीमा अनुपस्थित रहेका थिए। एयरलाइन्सले खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको खुलेको स्रोतले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।