Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकारको चुनाव पछिको तितो यर्थाथता !

पत्रकार महासंघको चुनाव सकियो । तै पनि झंकार चुनावी तालमेल र हारजीत कै छ । ओली सरकारका पक्षधर र विरोधी खेमाको गठबन्धन बनाएकाहरु परिणाम आए पछि समिक्षा गर्दै छन् । बामपन्थी शक्तिबीच तालमेल गर्नु पथ्र्याे । म तालमेल मिलाउने तालुकदार थिइन । एकैदिन केन्द्र र प्रदेशसँगै जिल्ला, एसोसियट र प्रतिष्ठानको चुनाव भयो । खुलामतदान भएकोले कन्द्रको निर्वाचन समितिलाई टेन्सन भएन । काठमाण्डौ शाखा धेरै सदस्य र ठूलो शाखा मात्र थिएन । गैरपत्रकारहरु सदस्य भएको कुनै बेला पत्रिका चलाएका अहिले पत्रकारिता फिल्डमा नभएका सयौ सदस्य भएको शाखा हो । त्यहाँ दलीय सेण्डीकेट विरुद्धको मोर्चा सफल हुने अवस्था थिएन ।

गैरपत्रकार नविकरण नगर्न, पेशाबाट अनेत्र लागेकाहरुलाई नविकरण नगर्ने पत्रकारको समूहबाट हटाउन बारम्बार भन्दा कसैले सुन्दैन । चुनाव जित्न सबैलाई गैर पत्रकारकै मतले साथ दिन्छ । आर्थिक रुपमा कमजोर संख्यात्मक रुपमा धेरै भएपनि केन्द्रले निर्वाचन सफल बनाउन भौतिक र आर्थिक सहयोग दिने चलन छैन । यसपटक काठमाण्डौ जिल्ला निर्वाचन समितिको संयोजक भएर काम सकेको इमान्दार पूर्वक गरियो । तर पत्रकारका नाउका दलगत संगठनको दायित्व निर्वाचन समितिलाई गर्नुपर्ने सहयोग पाउने आशा पनि थिएन । कसैले सोधखोज पनि गरेन । चुनाव जेनतेन आर्थिक रुपमा गरिबीको पिडामा सकियो । अहिले धम्की आउछ तिमी केपिका दलाल रहेछौ । केपिका मान्छेले मतगणनामा रजाँइ गरे । हामी सदस्यलाई मतगणना स्थलमा प्रवेश दिइएन । मतगणना भर नछाडेकाहरु पनि पराजित भएपछि घूकर््याँउछन् । एक थरि साथीहरुको मतदान केन्द्र प्रदर्शीत बहादुरीताले झन् लज्जीत हुन पर्र्याे । मतदान केन्द्रमा आगो लगाउने धम्की पनि आए । हामी कहाँ छौ म छक्क पर्छु । जनतालाई सत्य सूचना दिने काम हामीले के गर्दैछौ । यो उपद्रो हारे के हुन्छ जितेर राजकाज कसले पायो खै ? म छक्क पर्छु ।

मैले बामपन्थी राजनीतिका रंगविरंगका माले मसाले, माओवादीको संगत गरे । अहिले बामपन्थीहरुको मोर्चा बन्न नदिने जो सुकै बहादुर हुन मलाई ग्लानी हुन्छ । यस पटकको संगतले दिलाएको स्मरण जीवनभर रहनेछ । किनकी यहाँ दम्ब छ सहनशिलता आपसी सम्मान र कदर छैन । धन्न संगठनहरु संगठनको रुपमा रहेछन् । स्थान छैन, जिल्ला कार्य समितिले जस्तो स्थान दियो त्यसलाई प्रयोग गर्नु निर्वाचन समितिको बाध्यता थियो । हामीले निर्वाचन निर्देशीका तोडेनौ । आर्थिक आधार हाम्रो बलियो थिएन । उम्मेद्वारबाट रु ५१ हजार कार्य समितिले पेस्की दिएको रु १० हजार गरि रु ६१ हजार खर्चमा चैत १९ देखि २६ सम्म निर्वाचन समितिले के आधारमा काम गर्याे होला कसैले सोधपूछ गर्दैन । यहाँ कसैको दायित्व थिएन । मात्र यहाँ प्रतिशतका धम्की आएका छन् । यही शारिर हो कुनै बेला हरिलम्सालको प्रतिस्पर्धी अर्काे लेउ तिम्रो उम्मेद्वारलाई तिम्रै चौतारीका कार्यकर्ताले मत दिदैनन् भन्ने सुझाव दिदा त्यो बेलाका चौतारीका कमाण्डर राजेन्द्र गौतमले सुनेनन् । चुनावमा उनको टीम अहिले जस्तै भयो ।

साथीहरुले मेरो विरुद्ध काठमाण्डौ प्रहरीमा माओवादीको उपत्यका प्रचार व्यूरो प्रमुख भनेर संकटकालका समयमा उजुरी दर्ता गरे । जवकी म केही पनि थिइन । शुद्द पत्रकार कलमजीवाी मात्र । म ३५ दिन लुकेको झलझल याद अहिले आएको छ । अब त लोकतन्त्र आएको छ । त्यही निहूँमा फेरि पूरानै झमेला बेहोर्न नपर्ला १ अहिले तीनै बहादुर बनेर सत्ताको जयजयकार गर्छन् । त्यो बेला संकटकाल थियो सेना शसस्त्र र प्रहरीको मोर्चा गत कमाण्ड थियो । माओवादीको नाउमा पात पन्तिगंर बाँकी नराखेको पौरखी प्रजातन्त्रका उपयोग कर्ता काँग्रेस र एमाले सिहंदरबारमो थिए । सिहंदरबारको त्यो पौरख अहिले उस्तै छ । पात्र फरक हुन् । चरित्र त्यही हुन जस्तोे मान । यति बेला मलाई पार्षदका निम्ति देखाईएको चासो गरिएको डिमाण्ड सुन्दा लाग्छ पत्रकार बनेर राष्ट्र र जनताको पक्षमा गरेको ३७ वर्षे जनपक्षीय पत्रकारितामा लठैत र धम्कीको घङघङ्गी सहनु नै रहेछ । यस्तो दाश युक्त पेशा भन्दा गाँउमा बाख्रा पालन गरि जीवन धान्नु स्वाभिमान हुनेछ जस्तो लाग्दै छ । मेरो पत्रकारितामा समाचार बार्गेनिङ्गमा कहिलै परेन । म आफै नायक बनेर साहु पत्रकार भईन । श्रमजीवी पत्रकार भन्दा राज्यले गुटका आधारमा दिने सम्मान म सम्म कहिले आएन । स्मरणमा धेरै छन् । कोट्याएर पेशाकै बदनाम हुन्छ । पत्रकारहरुकै संस्था पे्रस काउन्सिलको पुरस्कार पाउने मेरो योग्यता कहिलै पुगेन । सरकारको नजरमा त हामी जस्ता गुटको हनुमान नभएका कमलजीवी पर्ने कुरै भएन । बरु काठमाण्डौ शाखाले र रिर्पोटर्स क्लबले यो उमेरमा सम्झिए ।

सञ्चारमन्त्रालय मेरो पहँुचमा छैन । त्यो पनि यस्तो बेलाको १ वैचारिक रुपमा संघियता,गणतन्त्र र समावेशीताको मुद्दाप्रति आस्था राख्दा माओवादी निकट भइयो होला । त्यहाँ पनि गुट भन्दा अरुले मौका पाउदैनन् । संकट परेको बेला पत्रकार गुहार्ने नेपाली राजनीतिको स्वार्थीपन हो । जसरी अहिले प्रम केपि ओलीलाई पिजडाको सुगा बनाईएको छ हालत प्रचण्डको पनि त्यही हो । मान्छे आफ्ना निम्ति कति स्वार्थलिप्त हुन्छ भन्ने कुरा सोच्दैन । १२३४ मत नगनीकन नतिजा आएको हैन । जबकी १४७८ मतदाता भएको काठमाण्डौमा उमेद्वारहरु प्रति निर्वाचन समितिले अन्याय गर्ने ठाँउ नै थिएन । त्यो पनि पत्रकारले पत्रकार माथि अन्याय किन गर्ने पर्यो ? पेशा त्यही हो लेखेर बाँच्ने । मेरो त मामा, आमा, दादा कोही पनि राजनीतिमा छैनन् । नेपाली राजनीतिमा नातावादले पहिलो प्राथमिकता दिएको कुरो लोकतन्त्र स्थापना पछिका कम्युनिष्ट पार्टीका सरकारहरुले देखाएका छन् । जहाँ वर्गीयता भन्ने विषय लोप भएको छ । हामीमा पदीय स्वार्थ जाग्नुको कारण कम्युनिष्ट पार्टीले बर्गीयता त्याग्नु हो । पत्रकारीतामा पनि यो कुरा लागू हुन्छ ।