Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकारको नेतृत्व कसको हातमा जाला

काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा ३८ पदका लागि १६५ जना भिड्दै छन् । देशै भरिका जिल्ला ,प्रदेश, एसोसिएट र प्रतिष्ठानको निवार्चन एकै दिन भएकोले अन्यौल बढाएको छ । संक्रमण कालको अवस्थामा हुन गइरहेको २६ औ महाधिवेशबाट नयाँ नेतृत्व चयन हुने भएकाल ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएको देखिएको छ । तर संगठनको गठबन्धनका आधारमा मत्तदान गर्ने परम्परा माथि यसपटक ठूलै प्रहार नहोला भन्न सकिन्न किनकी नेताको पहुच भिडाएर पदाधिकारी बन्नेहरुका लागि निर्वाचन कमाउने एजेण्डा पनि बनेको छ । व्यवसाय र पेशा भन्दा पदका निम्ति भिड्नेहरुले विगतमा पत्रकार महासंघमा रहँदा स्वतन्त्र प्रेशका निम्ति के कति काम गरे त्यसको समिक्षा पनि यस्तै समयमा हुने गर्दछ ।

दुईवटा बलिया गठबन्धनलाई अध्यक्ष पदका उमेद्वार गजेन्द्रसिंह बुढाथोकीले राम्रै मसला दिएका छन् । सरकारी पक्षबाट निर्मला शर्मा आएकी छन् भने काग्रेसको राजनीति भजाएर प्रेश यूनियन र प्रेश संगठनको गठबन्धनमाथि प्रहार गर्दै रामप्रसाद दाहाल पनि देखिए । सांगठनिक आरजकताको परिचय प्रेश युनियनले नै दिने गरेको छ । त्यही कारण बलियो गठबन्धनका अध्यक्ष उमेद्वार विपुल पोख्रेललाई संकट नआउला भन्न सकिन्न । यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । उपाध्यक्ष पदमा पनि रामजी दहाल बाघी बनेका छन् । राम प्रसाद र रामजी दुवै काग्रेस हुन् । उनीहरुको काग्रेसले विपुल पोख्रेल र रामेश विष्टलाई आधिकारिक उमेद्वार मानेको छ । यूनियनको यो अभद्रका कारण उमेद्वारी दिएर पनि धुव्र लमसालले फिर्ता लिएका छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् । महासचिवमा बालकृष्ण बस्नेत, रोसन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् । खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव मधेसमा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६-६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, प्रदेशबाट चयन हुने २ जना केन्द्रीय सदस्यका लागि प्रदेश १ बाट ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशबाट ७-७ जना, लुम्बिनी प्रदेशबाट १० जना र सुदूरपश्चिमबाट ५ जना उम्मेदवार छन् ।उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश एशोसिएटमा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य मधेसीमा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य एक महिला अनिवार्यका लागि ६ जना, दुईजना दलित सदस्य एक महिला अनिवार्यका लागि ९ जना, दुईजना मधेशी सदस्य एक महिला अनिवार्यका लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् । लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३-३ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी मनाेनयनको अन्तिम नामावली

सम्बन्धित समाचार