Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकारहरुलाई चुनावी रन्को

काठमाण्डौ । देशभरका पत्रकारहरु यतिखेर चुनावी मैदानमा छन् । खुल्ला निर्वाचन प्रणाली लागु भएको कारण यस पटक केन्द्रीय पदाधिकारी जिल्ला पदाधिकारी र प्रदेश पदाधिकारीमा मात्र होइन खुल्ला, समावशी एसोसिएट र प्रतिष्ठानहरुमा मत माग्न जाने धुइरो लागेको छ । समय अनुसार नेपाली प्रेशको प्रगति भयो भएन त्यस तर्फ कोही जादैँन । तर नेतृत्व कब्जा गर्न दलीय संगठनहरु मोर्चा कसेर आफ्ना एजेण्डा मतदाता बिच लगिरहेका छन् । सरकार पक्षको प्रेश चौतारीले शंख्यात्मक रुपमा कमजोर भएपनि समूहगत रुपमा आफ्ना उमेद्वारहरु प्रस्तुत गर्दा आफूसँगै एलाएन्स गरेको शक्क्तिलाई महत्व दिएको छैन । आगामी चैत २५ गतेका लागि यो रन्को चर्केको हो । यस पटक उमेद्वार हुन मान्छेहरु मौकाको फाइदा लिन पछि परेनन् । को कस्तो छ भन्ने कुरा काठमाण्डौमा मात्र होइन हरेक प्रदेशमा त्यस्ता सकृय नामहरु चर्चामा हुन्छन् जसले स्वार्थका लागि संस्था खरानी बनाउन सक्दछन् । यस्तो विषयमा मतदाता सचेत हुन जरुरी छ । परिवार नै पत्रकार बनाउनेहरुका लागि भने खुला मतदान पनि अवसरको खेती बनिरहेको छ । केन्द्र देखि जिल्लासम्मको मतदान एकै दिन एकै समयमा हुने भएकाले पनि रमाउनेहरुलाई फाइदै छ ।

संसद विघटन विरोधी मोर्चाको रुपमा काग्रेस माओवादी विभाजित एमालेको टीम देख्नका लागि बलियो छ । तर यो टीम महासंघको २५ औ महाधिवेशनमा नेतृत्व लिन सफल भएको कारण आफ्ना उमेद्वारहरु निर्वाचित हुने कुरामा ढुक्क छ । सरकारले ल्याएको मिडीया काउन्सील विधयकको विरुद्ध स्वतन्त्र प्रेश पक्षधर शक्क्तिको प्रस्तुतीका कारण फिर्ता लिन पर्याे । कम्युनिष्ट पार्टीलाई प्रेश स्वतन्त्रता विरोधी भनेर नेपाली काग्रेसले आरोप लगाउछ । तर त्यो काग्रेस सत्तामा रहदा प्रेशको संरक्षण गर्ने नाँउमा व्यपारीहरुको हित गर्दछ । श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गराउन नसकेको कम्युनिष्ट सरकारले पनि काग्रेस कै व्यवहार देखाउने गरेको छ । केपि ओली नेतृत्वको वर्तमान सरकार देशको पत्रकारीता क्षेत्रलाई मर्यादित व्यवसायी र व्यवस्थीत गराउन तत्लीन भएको बताइरहदा मिडीया बोर्डमा पुगेका व्यक्क्तिहरुले कानूनको अभाव भोगिरहेका छन् । यो विषयमा यतिखेर निर्वाचनमा होमिएका पत्रकार नेताहरुलाई चासो छैन ।

चैत १४ गते केन्द्रीय समितिको नेतृत्वमा सहभागी हुने उमेद्वारहरुले उमेद्वारी दिए भने १९ गते प्रदेश तहका नेतृत्वमा पुग्ने उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । एसोसिएत, प्रतिष्ठानमा पनि त्यति बेलै उमेद्वारी दिइएको हो । जिल्ला शाखाहरुको उमेद्वारी चैत २२ गते दर्ता हुदै छ । त्यसका निम्ति निर्वाचन समितिले चैत १९ गते मतदाता नामवाली प्रकशन गरेका छन् । अघिपछि पत्रकारहरुको आन्दोलनमा देखा नपर्नेहरु चुनावको बेला उमेद्वार बनेर पेशाको हित गर्ने अगुवा बन्ने जमर्काे गरिरहदा आफ्नो जिवन पत्रकारिता मै बिताएका निष्ठावानहरुको मन भने खिन्न बनाएको छ। किनकी पत्रकारीताको नाममा ठग्ने धम्काउने जमात लोकतन्त्रको उपजको रुपमा आएको छ ।