Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकारिता, भृकुटीमण्डप र संगठनका सम्पत्ति !

पत्रकारिता अब पत्रुकारिता बन्ने डर छ । सरकार निचोर्दैछ । कैलाश सिरोहिया, विनोद ज्ञवालीदेखि क्याप्टेन रामेश्वर थापासम्मको यो क्षेत्रको लगानी नेपाली पत्रकारिताको नैतिक रूपमा लज्जा हो भन्ने दलीय रूपमा केपी ओली, प्रचण्ड र शेरबहादुरको लागि राजनीतिक ऊर्जा हो । यहाँ भाष्कर राजराजकर्णिकार, अजय सुमार्गी जस्ता डन पनि छन् । राष्ट्रिय दैनिकका नाममा सेनाको भूमिगत सूचना छाप्ने र प्रेस काउन्सिललाई छक्क्याउने, मेनपावरको सेवा गर्ने, राजश्व मारा विनोद चौधरी र एनसेलको सेवक हुने पनि छन् । बसन्त चौधरीदेखि राजेशकाजी श्रेष्ठसम्मलाई पत्रिकाको प्रतिनिधि बनाएर सूचना विभागबाट प्रेसपास उपलब्ध गराई दशैं खर्च घिच्ने वरिष्ठहरूको के कुरा !

आज पत्रकारिताको सानो लगानी धरमरमा छ । त्यहाँ प्रेस युनियन, प्रेस चौचारीका साझा सम्पत्तिको चलखेल चर्कै छ । आन्तरिक राजश्व विभागका तत्कालिन डिजी चुडामणि शर्माको हस्ताक्षर किर्ते गर्नेदेखि महासंघको लोगोमा आफ्नो व्यापार गर्ने सम्मको हर्कत हुन्छ । त्यस्ता पात्रहरू सबैका गहना बन्दैछन् । यो मामिलामा हामी युद्ध लडेर आएका, नैतिक रूपमा पेशागत मर्यादामा बसेकालाई खान आएका भन्ने क्रान्तिकारी प्रेस सेन्टरका मुल्लाहरू थपथाप भएका छन् । जसलाई यो समाज उर्वर छ । त्यस्ता सम्पत्तिका नाम बेलामौकामा खुल्दै जानेछन् । चौतारीको गैर पत्रकार ११५ भन्दा बढीको सदस्यता महासंघ काठमाडौं शाखाले स्वीकृत नगर्दा काठमाडौं शाखामा ३ महिनादेखि ताला लाग्यो । तर एकाएक त्यो ताला किन खुल्यो ? चौतारीका ११५ जनामा १५ जना पत्रकारिता क्षेत्रका भए पनि छुटफुट होलान् बाँकी १०० जना गैर पत्रकार थिए । चुनाव जित्न यस्तो धमाका गर्नेले व्यवसायिक निष्ठा र पेशागत प्रतिबद्धताको कुरा गर्नु दुधको तर चोरेर कराईमा दूध बाँकी राखे जस्तै हो । नयाँ सदस्यता दिन महासंघ शाखाले पहिले नै कार्य विधि बनाएको थियो ।

कार्यविधिमा अनलाइनबाट गएका फर्मबाट २ जना (हरेक अनलाइन), मासिकबाट ३ जना, साप्ताहिकबाट ३ जना, रेडियो र टिभीबाट २ जना (हरेक) गर्ने थियो । तर चौतारीका क्याडर १०० जनाको कार्यक्षेत्र खाली थियो, संस्था थिएन । चौतारीले उम्मेदवार घोषणा गर्न साथ पदको हवाला दिँदै वित्तिय संस्था बीमा तथा बैङ्कमा आफ्नो पत्रिकाका लागि विज्ञापन माग्ने योद्दाहरूलाई पनि सम्पत्तिकै रूपमा लिन्छ र मेरो संगठन ठूलो भन्छ । त्यो संगठनले नयाँ सदस्यता शुल्क तिरे पनि केन्द्रीय पार्षद् र प्रदेश पार्षद्को शुल्क एक÷दुईले तिर्लान् धेरैले तिर्दैनन् । महासंघको संस्थागत दुर्गती आर्थिक संकटको शुरुवात जो जो दुई कार्यकाल सभापति भए तिनैले गरेका हुन् । आफ्नो इरादा पूरा नहुँदा संकटकालको बेला सेना र प्रहरीमा सुराकी दिने चौतारीमै छन् । म आफैं पनि त्यसको पीडित हुँ । होटलका कामदार, खुद्रा पसले, जीरा व्यापारीलाई सदस्य बनाएर एक छापे भोट अशुल्ने योद्दाहरूको विकास तिनैले गरे ।

अध्यक्षको निलम्बनका कुरा पनि भए कुनै बेला । नेताको चरित्र र स्वभाव अनुसारको व्यस्थापन गर्दा नेताको प्यारो भएर तिनैले सधैं फाइदा लिएकै छन् । एमाले, काँग्रेस र माओवादीमा त्यो लहर छ । संस्थागत सम्बन्धलाई व्यक्तिमा लगेर फाइदा लिने यस्ता चत्रिरले प्रेस काउन्सिलको समेत बदनाम गरेका छन् भने केही पत्रकारका घरवार पनि बिगार्ने पनि छन् । पत्रपत्रिकाको वितरण संपरक्षिणको नतिजामा पत्रकारिताका होनाहार यस्ता स्तम्भको व्यवहार झुल्कने गरेको छ । तर नेतृत्वले त्यो बुझ्दैन । आफू ठाउँमा हुँदा नेताका दलाललाई छानेर पत्रिकाको वर्गीकरण गर्दा र विधागत पुरस्कार दिँदा काउन्सिल विरुद्ध आवाज उठाउने पनि गर्छन् । काउन्सिलका अध्यक्ष र सदस्यको चाकडी गरे पुरस्कार पाइन्छ, त्यहाँ योगदान जरुरी छैन । यस्ता कुरा मन्त्रीले हेर्दैनन् । संगठनलाई नभई नहुने प्रेस चौतारी र प्रेस युनियनले काँध हालेका यस्ता गहना एक दर्जन छन् । यहाँ चुनावको बेलाको दानापानीले काँग्रेसका दामोदर दवाडी, एमालेका गणेश बस्नेत, समाजवादी प्रेसका विश्वमणि सुवेदीहरू लतारिन्छन् । प्रेस संगठनका आफ्नो प्रकाशन नभएका नेतालाई पनि दशैं लाग्छ । यिनको भोजभतेर फागुनदेखि शुरु हुन्छ । किनकि चैत २१ गते चुनावी रन्को हुन्छ । ०७७ चैत २१ गते महासंघ जिल्ला, प्रदेश र केन्द्रको चुनाव भएको हो । चुनावमा पेशागत कुरा सबैका प्रिय हुन्छन् तर अहिले साना लगानी र स्वरोजगारमूलक पत्रपत्रिकामाथि राज्य कठोर भएको छ । पेशागत संस्था प्रेस सेन्टर, युनियन र चौतारीलाई चासो छैन ।

काँग्रेसका सभापति शेरबहादुरलाई कुनै पेशा, वर्ग, समूहको चिन्ता छैन । उनका ध्यान श्रीमती सधैं बडामहारानी होइन सुन तस्कर, नक्कली भुटानी प्रकरणबाट कारबाही नहोस् भन्नेछ । तर जनवादी दाबी गर्ने एमालेका केपीदेखि माओवादीका प्रचण्डसम्मले उनीहरूको लुटतन्त्रको मुद्दा उठाउने साप्ताहिकको पीडाका बारेमा बोल्दैनन् । एक पटक पत्रिकाको सम्पादक भएको र सदस्यता लिएको मान्छे पेशा छाडे पनि पत्रकार भइरहने, तिनैलाई पार्टीका भातृ संगठनले पत्रकार बनाउने गलत रोग एकातिर छ भने महासंघमा लेखेर खाने भन्दा नेताको चाकडीबाट पद हत्याउनेहरूको बाहुल्यता हुँदा चौतारी र युनियन जस्ता स्थापित संगठनका सम्पत्तिहरू जुर्मुराउनु नौलो होइन । यस्ता सम्पत्ति माओवादी, मसालतिर पनि होलान् । तर माओवादीको पुरानो शक्ति छिन्नभिन्न भएकाले प्रेस सेन्टरबाट वैद्य, विप्लव, बाबुरामको पछि लागेर जानेहरूको पनि भाग खोज्ने मतका सदस्य बन्न सक्छन् । यहाँ राप्रपा, राजावादी, मधेशवादी पनि होलान् । तर चुनाव आएपछि सबैको चिन्ता महासंघ बनाउनेमा हुन्छ बनिरहेको महासंघलाई कसैले बनाउने होइन । त्यसको पद भजाएर आफू बन्ने हो । भृकुटीमण्डप वादीहरूको जय होस् ।