Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले पत्रकार सम्मेलन गर्ने भएको छ । नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् । हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ, श्रेष्ठले भने । बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी घोषणा गर्दैछन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल