Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पदोन्नति भएका प्रहरी हाकिमहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको २०७७ बैशाख १७ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९ जना वरिष्ठ प्रहरी अधिकृतहरु र गृह मन्त्रालय सचिवस्तरको २०७७ बैशाख १८ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २४ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उहाँहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो । बढुवासँगै प्रहरी अधिकृतहरु थप रचानात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै हरेक दृष्टिकोणले अब्बल भई पदोन्नति भएअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैं उदाहरणको रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्न दृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
व्यक्ति भन्दा संगठन ठूलो हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले नैतिकता, व्यवसायिक निष्ठा, निष्पक्षता कायम राख्दै कुनै पनि प्रकारको प्रलोभनमा नपरी कानुन सम्मत रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । प्रकृया, पद्धति र विधिसम्मत रुपमा सम्पादन गरिने उत्कृष्ट कार्यबाट नै बहुआयामिक प्रहरी अधिकृत बन्न सकिने उल्लेख गर्दै उहाँले संगठन एवं राष्ट्रले समेत सोही अनुरुपको सक्रिय भूमिकाको अपेक्षा राखेको बताउनुभयो ।
प्रहरी संगठनलाई एकात्मकबाट प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुले यस सम्बन्धमा कार्यक्षेत्रमा देखिएका समस्या र चुनौतिबारे संगठनलाई सुझाव दिएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड(१९० को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठनका कार्यको उच्च प्रशंसा भएको उल्लेख गर्दै उहाँले प्रहरी कर्मचारीहरुले थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । यस बिषम परिस्थितिमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागि सदैव तल्लीन रहने उल्लेख गर्नुभयो । पदोन्नति पछि प्राप्त थप जिम्मेवारीलाई पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।पदोन्नति भएकाहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार