Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार तत्कालीन मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाब बढेपछि राजीनामा दिँदा उक्त पद रिक्त थियो । रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा पाएका नेकपा एमालेका सांसद पन्तले बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ अधिकारीको उपस्थितिमा पद तथा गोपनीयतको शपथ दिलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।
२०८२ बैशाख ११
ताजा नेपाल
२०८२ बैशाख ११
ताजा नेपाल
२०८२ बैशाख ११
ताजा नेपाल