Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पम्फालाई खड्काको चुनौती

ललितपुर । ललितपुर क्षेत्र न. ३ मा नेकपा एमालेका अमृत खड्का पहिलो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन्, चुनावी मैदानमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रतिस्पर्धीको रुपमा उभिएका छन् । एमाले बागमती प्रदेश कमिटी सदस्य खड्का २०५४ सालमा सैबु गाविस अध्यक्ष भएका थिए त्यसै समयदेखि सकृय राजनिति र ब्यपारमा सम्लग्न हुदै आइरहेका खड्कालाइ बिश्वास छ ललितपुर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने छु । उनि आफु लोकालीटी र युवा भएकै कारणले जित्ने कुरामा ढुक्क छन् ।

उता पम्फा भुषालको केहि लोकप्रिय मतहरु थिए तर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी तोसीमा कार्की युवा माझ महिलाहरुमा लोकप्रिय रहेकी कारण भुसाललाई चुनौती छ । यस क्षेत्रकि चर्चीत उमेदवार डा.तोसीमा कार्की, आफ्नो लोकप्रियतालाइ जनताको माझमा गएर भुषालका लोकप्रिय मतहरु आफ्नो पकडमा पार्नुलाई पनि भुषालको लागि कठिन छ भन्ने कुराको आँकलन लगाउन कठिन छैन् ।

यस क्षेत्रको लागि पम्फा भुषाल दुइ कार्यकाल प्रतिनिधि सभामा सांसद र पटक पटक गरी पाँच चोटी मन्त्रि भएपनि यस क्षेत्रलाइ आफ्नो क्षेत्रको रुपमा नहेर्नु भोट माग्ने बेलामा हात जोड्दै आउने जनताले जिताएर पठाएपछि त्यो ठाउँलाइ ५ बर्ष बिर्षनुलाइ उनको ठुलै कमजोरी भएको ललितपुर ३ का जनताले ठम्याएका छन् ।

यही कमजोरीलाइ यहाँका जनताले नेता परिबर्तन खोजीरहेका कारणले पनि अमृत खड्का आफ्नो जितलाइ पक्का पक्कि ठान्नु अनौठो मान्दैनन् र उनलाई नेता मान्न यहाँका भोटर्सले सहज ठानेका छन् । भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने दाउमा छिन । तर यो क्षेत्रमामा माओवादी केन्द्र कमजोर भए पनि गठबन्धनको साथ पाएका कारण बलियो दाबेदारी दिएकी भए पनि ।

गठबन्धन दलले इमानदारीपूर्वक साथ दिएमा भुसालको अवस्था केहि रामो्र देखिन्छ तर गठबन्धन दलका कांगे्रस कायैकर्ता पनि भुषालसंग रुष्ट भएका कारणले भुषललाइ भोट खसाल्ने कुरामा पछि हटेका खबरहरु पनि प्रयाप्तै छाइरहेका छन् । उप्त्यकामा जुनसमयमा माओबादीले उपत्यकालाइ झकि झकाउ बनाएको थियो अब माओबादीलाइ जति सक्दो चाँडै फाल्न पनि उपत्यका बासी आतुर भएजस्तो देखिदै आएको छ ।