Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परराष्ट्रमन्त्रीबाट बिदा भएका ज्ञवालीको खातामा ७ लाख ४१ हजार

काठमाडौं। सत्ता टिकाउन प्रधानमन्त्रीले कुनै कसर बाँकी नराख्ने क्रममा सरकारमा राम्रो काम गरिरहेका र सबैले मानेका मान्छेलाई पनि सरकारबाट हटाएका छन् । यसरी हटाइएका व्यक्ति हुन् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । परराष्ट्रमन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रालय सचिवदेखि अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । उनले आफूले प्रयोग गरेको गाडी र ल्यापटम मन्त्रालयमा जिम्मा लगाइसकेको पनि जानकारी गराएका छन् । र, पुल्चोकस्थित् मन्त्री क्वार्टर भने भोलिमात्रे छोड्ने ज्ञवालीले जनाएका छन् । मन्त्री ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ रहेको पनि जनाएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल