Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री आराजु राणा देउवाको आज भारत भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री देउवाको चार दिने भारत भ्रमणको घोषणा गरेको हो। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी आइतबार भारत जान लागेकी हुन्। भ्रमणका क्रममा उनले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नेछिन्। भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले आफ्नो स्वास्थ्य उपचार समेत गर्नेछिन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनेछिन्। परराष्ट्रमन्त्री राणा शुक्रबार नेपाल फर्किनेछिन्।