Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परिवर्तनको ऐलान गर्नेहरुको देखियो तुजुक

रामचन्द्र पौडेललाई नपत्याएर सधै गणेशमानको पूत्रले त्याग गर्नुपर्ने कारण खोज्दै काठमाण्डौ उपत्यकाको सम्पूर्ण मत लिन नसकेका प्रकाशमान सिहं र घनूषामा एक्लिएका विमलेन्द्र निधिको राजनीतिक तुजुक चौधौ महाधिवेशनमा तीनले पाएको मत परिणामले नै देखायो । शेरबहादुर देउवाले दोस्रो पटक सभापति हुन्छु पार्टीलाई पहिलेको अवस्थामा पुर्याउछु मौका देउ भन्दा प्रकाशमान र निधिले समापति पद नछाड्ने धम्की दिए । तर उनीहरुको तुजुक त्यो बेला देखियो जुनबेला देशभर घुमेका डा. शेखर कोईरालाको जतिमत यी दुईको जोड्दा पनि भएन । नेतृत्व परिवर्तन भन्ने तर मौकामा परिवर्तनका लागि समर्थन जनाउन नसकेका निधि र सिहं हिजो देउवाकै साथमा थिए । स्वार्थ बाझीदा यीनले रामचन्द्र पौडेललाई पनि टेरेनन् । रामचन्द्रले डा. शेखर र प्रकाशमान समेत मिल्न नसक्दा मतदान पनि गरेनन् । उनले चाहेको भए निधि, सिहं र शेखरलाई एक ठाँउमा ल्याएर देउवाको दादागिरीमाथि प्रहार गर्न सक्थे । यहाँ रामचन्द्र पनि देउवासँगै सती गए । पहिलो चरणमा मत शेखरले १७०२ निधिले २७३ सिहंले ३४७ मत पाउदा कल्याणले २० मत ल्याएका थिए ।
देउवासँग प्रकाशमान रिसाएर गुट परिवर्तन गर्नुको कारण हिजो सुजाता कोईरालालाई स्व. गिरिजाले उपप्रम सहित परराष्ट्र मन्त्री बनाउदा असहमति जनाउन सकेन भन्ने आरोप लगाएका थिए । त्यो बेला प्रकाशमानको आश आँफूलाई परराष्ट्र मन्त्री बनाउन देउवाले अडान लिनेछन् भन्ने थियो । तर यस पटक यीनैले सुजाता जोष्टलाई उपसभापति पदमा आफ्नो टीममा राख्न पुगे । सिहंसँगै त्यो बेला देउवा छाडेर कोईराला क्याम्पमा गएका बलबहादुर केसी १३ आँै महाधिवेशनको आवास व्यवस्था तथा खाना व्यवस्थापनको नाइके भए राम्रै कमाए । दिपकुमार उपाध्याय भारतको राजदूत भएका थिए । आखिर काँग्रेसी चरित्र र व्यवहार यही बीचमा देखियो । यस पटक पार्टीमा युवा जमात प्रतिनिधि बनेर आएका थिए । कृष्ण सिटौला नामका कन्सुत्ले नेतालाई चित्त बुझाएर आँफू सभापति बन्न देउवाले सिटौलाबाट पेलिएका युवा नेता विश्व प्रकाश शर्मालाई धोका दिए । शर्मा प्रकाशमानसँग मिलेर महामन्त्री पदको उम्मेद्वार बन्नु पर्याे । जबकी उनले विमलेन्द्र निधिसँग पनि सम्बन्ध जोडेका बेला शेरबहादुर जस्तो पार्टीको सिद्दान्त नीति र विचारको ख्याल नगर्नेसँग अड्न उचित ठानेनन् । यस पटक डा. शेखरलाई प्र्रकाश र निधिले साथ दिन्थे भने देउवाले सभापति पद दोस्रो पटक कब्जा गर्ने स्थान रहने थिएन । यीनले खुट्टा कमाए ।
काँग्रेसमा नेतृत्व परिवर्तन कस्तो रहेछ भन्ने कुराको भेउ निधि र सिहंको स्वार्थले देखायो । यीनलाई मत दिने महाधिवेशन प्रतिनिधिहरुले आँफूले दिएको मत खेर गएको महशुस कति गरे ? काँग्रेसमा पारिवारिक विराशतको फाईदा लिने धेरै छैनन् । देउवा पार्टी सभापति श्रीमति आरजु राणा महिला आरक्षण कोटामा सदस्य उम्मेद्वार किन बनाइन् । बालकृष्ण खाँड केन्द्रीय सदस्य उनको दोस्रो पत्नी मंन्जु खाँड केन्द्रीय सदस्य त्यो पनि कोटामा । क्या गजब छ काँग्रेसमा यस्तो परिवारवाद ? खोई खुला सदस्यमा महिलाको प्रतिस्पर्धा ! तर कोईराला परिवारमा गिरिजा, वीपि र नोनाका पूत्रीपूत्रले एक छलाङ्ग नेतृत्व लिनका लागि प्रयास गरेका हुन् । तीनले कति सफलता हाँसील गरे कार्यकर्ताले छर्लङ्ग देख्न पाए । अरुको हकमा यस्तो छैन । देउवाको सचिवालय भ्रष्टाचारी र विचौलियामा केन्द्रीत छ । कर्ण मल्ल पार्टीमा अन्याय भयो भनेर संघर्ष गर्दा हराए । उनको आवाज दबाएका शेरबहादुरसँगै छुट्टिनु पर्नुको कारण त अरु थिएन । केबल डा. आरजू देउवाकै खन्चुवा प्रवृत्ति हो ।
काँग्रेसमा मात्र होइन एमाले र माओवादीमा समेत पार्टीलाई सिद्दान्त नीति विधि र प्रकृयामा हिडाउनु पर्छ भन्नेहरुको खडेरी छ । शेरबहादुरले पहिलो पटक सभापति भएर पार्टीको विभागहरु गठन गर्न र मनोनीत केन्द्रीय सदस्यहरु छनौट गर्न ३ वर्ष पूरा लगाएकै थिए । विभागहरुमा नेतृत्व चयन गर्नपनि ३ वर्ष पूरा लगाएकै थिए । गुट परिवर्तन गरेर देउवाका विस्वासी बनेका आनन्द ढुङ्गाना, गोविन्द भट्टराइ, शंकर भण्डारीहरुले विभाग पाएकै हुन् । यसपटक उनीहरु देउवाकै टीममा होनाहार सारथी भएका छन् । रामचन्द्र पौडेलले आफूलाई नै सभापति मानी देउ भन्न अचाडू भएन । किनकी पौडेललाई उचालेर लामो समय आश देखाएका प्रकाशमान सिहं, डा. शशाङ्क कोईरालाहरुले समयको आवश्यकता पनि बुझ्न सकेनन् । यस पटक शेरबहादुरसँग पौडेल नै भिड्न सक्नु पथ्र्याे । विमलेन्द्रको समस्या देउवासँग हो । रामचन्द्र, डा. शेखर र प्रकाशमानसँग जोडिएको होइन ।
युवा नेताहरु गगन थापा, प्रदिप पौडेल, विश्व प्रकाश शर्माहरुले विभाजीत हुनु पर्ने बाध्यता खडा गराउने र गर्ने यीनै हुन् । जसले डा. शेखर र प्रकाशमानसँग मात्र होइन । शेरबहादुर देउवासँग जोडिएर आफ्नै पूर्ववत अडानलाई त्याग्नु पर्याे । सिटौलाको पछि लागेर हिजो युवा नेता गगन महामन्त्री पदमा प्रतिस्पर्धा गरे । जबकी त्यो बेला डा. शशाङ्क रामचन्द्रको टीमबाट महामन्त्री बनेका थिए भने देउवाको टीमका महामन्त्री अर्जून नरसिहं केसिले पराजय भोगे । केसी देउवाबाट अलग हुनु बाध्यता हो । किनकी उनलाई यस पटक पारिवारिक दादागिरी गर्न नुवाकोटबाट राम्ररी शिक्षा त दिलाइयो । तर स्वार्थी जमातको नेतृत्व परिवर्तनको ठूटे गित सभापति पूरानै आए परिवर्तनको गित मात्र गाए भने जस्तै भयो । काँग्रेसको जात्रा अब पो हुन्छ त । किनकी देउवाले २२५८ मत पहिलो चरणमा पाएका बेला डा. शेखरले पाएको १७०२ मत उनी एक्लो घुमेर आएको हो । डा. शेखरले भनेका थिए एकै पटकलाई हो । जीते पनि हारे पनि एक पटक मौका खोज्दा नदिने प्रकाश र निधिका लागि आगामी दिनमा काँग्रेसको युवा जमातले कसरी नेतृत्वमा ल्याउला ! निधिले नचाहेपनि डा शेखरा देउवाका प्रतिपक्षी भएकै छन् । किनकी उनले आँफू पछि युवा पंक्तिलाई नेतृत्वमा ल्याउने भनिरहँदा देउवाले युवाको लागि एक शब्द उच्चारण गरेका छैनन् । न त निधि र सिहलें गरे । डा. शेखरको २३२३ मत थियो । त्यहाँ देउवा २२९८ का धनी भए । आफ्नै घरको क्षेत्रमा नेवार समुदायले नपत्याएपछि नयाँ आवास क्षेत्र बानेश्वरमा उम्मेद्वार बन्न पुगेका सिहंले बाबुको त्याग पनि देखाए आमाको लगानी पनि उठाए । ३५० मत ल्याउनेले अब ४७४३ मतदातालाई कसरी नेता हुँ भन्न सक्लान् ? पदको उधारो पासाले प्रजातन्त्र किस्तीमा राखेर दरबारमा बुझाउनेलाई लोकतन्त्रको रक्षा गर्छ काँग्रेसी समाजवाद लागू गर्छ भनेर विश्वास गर्ने ठाँउ कति छ ? यीनै लोभीका भाँडा प्रकाश र विमलेन्द्रले जवाफ दिनु पर्ला नि !