Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पर्यटनवर्षमा लुम्बिनी विमानस्थल नबन्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली वास्तविकता जसले बताउँछ उसैलाई सत्रु ठान्छन् । उनी आफू जे बोल्छन् त्यो गर्दैनन् । भ्रष्टाचारमा पदक दिने चरित्रका मन्त्रीहरु प्रधानमन्त्रीका अति निकट छन् । ओलीलाई फसाउने सल्लाहकार विष्णु रिमाल, घनश्याम भट्टराई, असगर अली हुन् । यिनैको डिजाइनमा प्रधानमन्त्री ओलीले नागरिक उड्डन प्राधिकरणमा महाभ्रष्ट सञ्जीव गौतमको डिजाइनलाई स्वीकारेर कार्यक्षेत्रमा असफल, बढुवाका लागि एक चरण मुस्ताङ एयरपोर्टको प्रमुख बनेका, नेपाली काँग्रेसका क्रियाशील सदस्यको रुपमा प्रस्तुत हुने राजेन्द्र पोखरेललाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बनाए । नेपाल भ्रमण वर्षमा सम्पन्न हुनै नसक्ने लुम्बिनी विमानस्थल सञ्चालनमा आउने घोषणा गरेर पंगु हुँदैछन् ।

जबकि राजनको टीम अहिले प्राधिकरणमा लुट्न व्यस्त छन् । प्रम ओलीलाई आङ्खनो गुटले सिफारिश गर्दा जे पनि स्वीकारेको फल प्राप्त हुँदैछ । नेपाल भ्रमण वर्ष आउन समय कति छ ? त्यो अवधिमा लुम्बिनी एयरपोर्ट निर्माण कार्य सम्पन्न हुन कति सम्भव छ मतलब छैन । जालझेल र सञ्जीव गिरोहको खेलमा प्राप्त सफलताले महानिर्देशक भए पनि वरिष्ठ र अनुभवीलाई साथमा राखेर काम गर्नु पोखरेलको बुद्धिमत्ता ठानिन्थ्यो । तर उनले महानिर्देशक भएकोमा घमण्ड देखाए । वरिष्ठको पाइला देखेर कनिष्टहरुबाट काम लिन खोजेका छन् । त्यसले झण्डै ५ सय भन्दा बढी कर्मचारी परिचालन हुने देशभरका नागरिक उड्डयन प्राधिकरणका कार्यलयहरु चुस्त हुने अवस्था छैन भन्ने हेक्का प्रधानमन्त्तीका धुपौरेहरुले बुझ्नु जरुरी छ । भ्रमण वर्षमा लुम्बिनी एयरपोर्ट सञ्चालन हुँदैन ।

प्राविधिक पक्ष डामाडोल
सरकारले भ्रमण वर्ष २०२० मनाउने घोषणा एक वर्ष अगाडि गरेको हो । भ्रमण वर्षमा लुम्बिनी एयरपोर्ट कुनै हालतमा बन्दैन । एयरपोर्ट पूर्ण तयारी भएको प्रमाण आईकाओले दिनु पर्छ । प्राधिकरणले विमान दर्ता गर्नु पर्दछ । उडान शुरु नहुँदै विमान कम्पनीका प्राविधिक टोलीले अनुगमन गर्छन् । विमानको कन्ट्रोल र परिचालनको लागि राडरको व्यवस्था गर्नुपर्छ । प्राविधिकहरुकाअनुसार लुम्बिनी एयरपोर्ट चल्न ०७८ वैशाख बुद्ध जयन्तीसम्म जान सक्छ । किनकि नेपालको सार्वजनिक खरिद ऐनअनुसार चल्दा १० महिना लाग्छ । सामान बुझाउने ठेकेदारको समय छ महिना हुनसक्थ्यो भने जडानको कार्य ४ महिना लाग्न सक्छ । यो प्राविधिक पाटो प्रधानमन्त्रीले कुन प्राविधिकसँग बुझेका छन् ? तर प्रधानमन्त्री ओलीका धतुरेहरुले नेपाल भ्रमण वर्षमा लुम्बिनी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकिने फतुर सल्लाह दिएका हुन् । प्रमलाई यस्तै धतुरेहरुको सल्लाह सुझाव राम्रो लाग्छ । राजन पोखरेल प्रदीप अधिकारी जस्ता नालायकहरुको सल्लाह स्वीकार्नु नै प्रधानमन्त्री ओलीको बोलीमा फट्याइँ देखिएको हो ।

लुटाहा सञ्जीवको छायाँ हटेन
पूर्व महानिर्देशक सञ्जीव गौतम जस्ता घामटको डिजाइनमा नागरिक उड्डयन प्राधिकरणमा अलिहे सुधार होइन अन्धकार थपिँदैछ । किनकि प्राधिकरणले एयरपोर्टहरु हाँकेको, प्रतिष्ठान चलाएको, चालक लाइसेन्स वितरण विभाग हाँकेका वरिष्ठ प्राविधिकलाई घोक्य्राएर राजन पोखरेल जस्ता धतुरालाई महानिदेृशक पद सुम्पनु नै भ्रमण वर्षमा लुम्बिनी एयरपोर्ट सञ्चालन गर्न सम्भव छैन भन्नु हो । गौतम प्राधिकरण फुटाउने र आफू फुटेको संस्थामा पुन महानिर्देशक बन्ने दाउमा छन् । उनकै कारण प्राधिकरणमा भद्रगोल जमजमाएको छ । युवा संसकृति, पर्यटनमन्त्री योगेश भट्टराईले यथार्थ बुझेका छन् कि छैनन् ? भ्रमण वर्षको तयारीका लागि विदेशी टोयटा कम्पनीको गाडी बेच्ने दलाल वैद्य अर्गनाइजेशनका नाइके सुरज वैद्यलाई सरकारतर्फको आयोजक समितिको संयोजक बनाएर रु १० करोड प्रचार प्रसार खर्च दिने घोषणा गर्नु बाहेक सरकारबाट सिन्को भाँचिएको छैन । विभागीय मन्त्री र सचिवले समेत यो विषयमा गम्भीरता लिनु जरुरी छ । बर्दियाका राजन पोखरेलले आफूले कल्पना नगरेको पद प्राप्त गर्दा निकै प्रफुल्ल थिए । प्रदीप अधिकारी जस्ता लुटाहा उनका सारथी छन् । असक्षम बन्न लागेपछि उनले पद त्याग्ने सम्भावना छ ।

भद्रगोल व्यवस्थापन
तत्कालिन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको नाम भजाएर निर्माणाधिन एयरपोर्टको ठेकेदारहरुसँग घुस कुम्ल्याउने प्रदीप अधिकारी आफूलाई एमाले भन्थे । राजन घोषित काँग्रेस मात्र होइनन् कार्यक्षमतामा लम्फूदास पनि हुन् । गिरोहले २ वर्ष वरिष्ठ देवानन्द उपाध्यायलाई जहाँ गयो त्यहाँ खेदेको थियो । अहिले उपाध्यायको आवश्यकता प्राधिकरण केन्द्रमा थियो तर यही गिरोहले उनैलाई कार्यलयको अनुगमनमा गएको बेला अधिकार बिहीन बनायो । उनले सचिवसँग पुनरावेदन गरेर आफूमाथिको अत्याचार सुनाउनुपथ्र्यो । उनी अहिले तालिम केन्द्रमा गएर आङ्खनो क्षमता प्रदर्शन गर्दैछन् । पर्यटन सचिव प्राधिकरणको अध्यक्ष हुन्छन् । राजन महानिर्देशक भएको यो अवधिसम्म आन्त्रिक सुधारमा प्राधिकरणमा सून्यता छ । अलमलमा परे.को यो समूहबाट उम्कन राजनले पदत्याग गरे भने नौलो हुने छैन । उपाध्यायको गल्ती नै माधव नेपाल प्रधानमन्त्री बन्दा उनको सहयोगी बन्नु हो । ओलीलाई माधवको छायाँ मन पर्दैन । उनी सफल प्राविधिक हुन् । प्रधानमन्त्री ओलीलाई पोखरेल जस्ता धतुराहरुको सफेद झूठो विवरण नै समृद्धि र विकास बन्छ । किनकि प्रम ओली आङ्खनो गुटबाहेकका कसैलाई पनि जतिसुकै अनुभवी र सक्षम भए पनि योग्य पदमा ल्याउन चाहँदैनन् भन्ने थुप्रै प्रमाण जुटाउन थटालिएको कुरा नागरिक उड्डयन प्राधिकरणमा असक्षम, अनुभवहीन, अयोग्यलाई महानिर्देेशक पद सुम्पनु हो ।