Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पर्यटन क्षेत्र तहसनहस सिंहदरबारका मन्त्री र नेता चुपचाप

काठमाण्डौ, विश्वमाहामारी कोरोना कहर बाट सबै भन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई सरकारको तर्फबाट राहत दिने बारेमा मन्त्री स्तरिय छलफल नहुदाँ पर्यटन बोर्ड अलमल्लमा परेको छ । डेढ वर्ष अघि प्रतिस्पर्धाका आधारमा बोर्डको कार्यकारी प्रमुख चुनिएका धनन्जय रेग्मी विभागीय मन्त्री पर्यटन विभाग राष्ट्रिय योजना आयेग अर्थ मन्त्रालय जस्ता संस्था बाट पर्यटन क्षेत्रलाई बचाउने तर्फ व्यवस्था गर्दा तिरमिराउन थालेका छन् ।१७लाख जनशतिm परिचालन भएको यो क्षेत्रलाई राज्यको तर्फबाट चासो दिने भनेको विभागीय मन्त्रीले हो । स्वास्थ मन्त्रालयमा असफल सावित भएका र सिसीएम्सीको हस्तक्षेपले अघिल्लो पटक औषधी जन्य सामाग्री खरीदमा रु ६ अर्व भ्रष्टचार भएको प्रमाण सार्वजनिक लेखा समितीले जुटाएपछि मन्त्री ढकाललाई कारर्वाहीको सट्टा मन्त्रालय परिवर्तन गरीयो जसलाई नितीगत निणर्य गर्ने समेत क्षमता नभएको बताइन्यो । बदनाम उनी भए पैसा ओम्नी समुहले खायो ।त्यो समुह स्वराज पोखरृलको हो उनी इश्वरका पुत्र हुन् ।
पर्यटन क्षेत्रलाई बचाउने नाममा सरकारले तारे होटल र ठुला ट्राभल्स हरलाई बैकको व्याज मिनाह गरेपनि पर्यटन व्यसायबाट जिवन निर्वाह गर्ने लाखौ मजदुरहरुको अवस्थाको बारेमा चासो दिएको छैन । वोर्डले नितीगत निर्णय गर्दछ । संस्थागत सुधार र व्वसायलाई विश्वसामु चिनाउन प्रचार गर्दछ । तर सरकारको तहबाट बोर्डका आवश्यकतालाई ध्यान दिने निभागीय मन्त्रालय र मन्त्री मौन अवस्थामा रहदाँ पर्वतारोहण क्षेत्रमा कार्यरत लाखौ व्यवसाय र मजदुरहरुको अवस्था का बारेमा सोच्ने निकाय सिहंदरबार भित्र देखिदैन । जहाँ प्रधानमन्त्री कपी ओलीका सल्लाहाकार विष्णु रिमाल सांसद विनोद श्रेष्ठ एमाले निकट मजदुर संगठन जिफन्ट बाट राजनितीक हैसीएत बनाउन सफल छन् । मजदुरको हित किसानको कल्याण गरीबको संरक्षण गर्ने भनीएको कम्यिुनिष्ट पाटी तिनै वर्गको हित विरुद्ध दलला निचौलिया र माफीया करणको सेवक बनेको अवस्था छ । राज्य संचालकहरु पद भ्रष्ट र सत्त लम्पट भए भने मुलुकले दुख पाउँछ । पर्याटन बोर्डमा सुधार ल्याउने हो भने मन्त्रालयले चासो दिनु पर्दछ । तर अहिले बजेट प्रस्तुत गर्ने दिन सम्म बोर्डलाई मन्त्रालय विभाग राष्ट्रिय योजना आयोग बाट सोधपुछ सम्म भएको छैन । यही बेला कोरोना माहामारी को अंश सगरमाथा आरोहण शिविरमा पुगेपनि पर्वतारोहीहरु डगमगाएनन् । बरु एकाएक परेको हिमपातले आरोहीहरु आधार शिवरमा कष्ठायग्रीएका छन् । उनीहरुको उध्धारका निम्ती व्यसायहरु नै तातेका छन् सासकहरु तातेका छैनन् । सरकार एरर्पाट निमार्णमा जती चासो राख्छ त्यो रुपमा पर्यटन क्षेत्रको समस्या तर्फ ध्यान दिन नसक्दा आलोचित भएको छ । जसरी विज्ञहरुको सुझाव नलिदाँ कारोना माहामारी विरुद्धको तयारी नहुदाँ विरामीले अक्सिजन पाएन । अस्पतालमा बेड भएन डक्टर ,नर्सहरुको सुरक्षा भएन त्यसरीनै देशलाई डलर आम्दानी गराउने पर्यटन क्षेत्र ध्वस्त हुदै जाने हो भने नेपालको पहिचान विश्वसामु रहन्छ कसरी ?


सम्बन्धित समाचार