Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पर्सामा संक्रमण बढ्यो, मेयर पत्नी र छोरी पनि संक्रमित

काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगीको परिवारमा समेत कोरोना संक्रमण देखिएको छ । मेयरकी पत्नी र छोरीमा पनि संक्रमण देखिएको हो । पर्सामा १४ महिलासहित ४५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको आरटी पीसीआर ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध संक्रमित भएका छन्। पर्साका अन्य पालिकामा घर भए पनि भेटिएका सबै संक्रमित वीरगंजमै बसोबास गर्छन्।

संक्रमित हुनेमा वीरगंजका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा पनि संक्रमण पुष्टि भएको छ। अन्य संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ठेगाना लेखाउने ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १र१ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जानकारी दिएको छ। ४५ जनामा बारा, जितपुर सिमरा २३ रामपुरटोकनीमा सञ्चालनमा रहेको म्याग्नस फर्मास्युटिकल्स प्रालिका ५ जना मजदुर छन्। वीरगंजमा थपिएका नयाँ संक्रमितमध्ये ७ जना शुल्क तिरेर परीक्षण गराएका थिए। अहिले वीरगंजमा संकलित नमुनाको २० प्रतिशत जनामा संक्रमण भेटिन थालेको छ।