Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पलका बिषयमा पूजा बटारिन कुरा

लकडाउनको समयमा एक र्यक्रममा प्रस्तोताले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर श’री’रिक बनावटमाथि प्रश्न उठाएपछि उनले प्रहरी कार्यालयदेखि फिल्म सम्बन्धि विभिन्न संघ(संस्थाहरुमा पुगेर कारवाहीको माग गर्दै ‘ह्यारेसमेन्ट गर्नका लागि कर णी नै गर्नुपर्दैन, बोली नै काफी हुन्छ’ भन्दै गहन अभिव्यक्ति दिएकी थिइन् । त्यसबेला उनको पक्षमा सिंगो फिल्म क्षेत्र उभिएको थियो ।
यतिबेला, उनै पूजाले कर णीको आरोप लागेका नायक पल शाहको बचाउमा उत्रिएर ब’ला’त्का’रको परिभाषा नै नबुझेको भन्दै यूट्युबहरुमा अन्तर्वार्ता दिएकी छन् । मंगलवार फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न राजधानीका विभिन्न हलहरु पुग्ने क्रममा उनले पललाई निर्दोष देखाउँदै भनेकी थिइन्, ‘कुन र केलाई बलात्कार भन्छ, मैले बुझ्नै सकेको छैन । अब बल्ल बुझ्दैछु ।’
उनले पलविरुद्ध जाहेरी दिएकी नाबालिगको च’रित्रमा’थि पनि प्रश्न उठाएकी थिइन् । नाबालिगले त्यस्तो सम्बन्ध गर्नुअघि आफ्नो उमेरको बारेमा सोच्नुपर्ने तर्क राख्दै पलले कपडा च्या’ते’र ज’ब’र्ज’स्ती गरेको भन्ने कुरा आफूले पत्याउन नसकेको बताएकी थिइन् । उनको यो अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । धेरैले उनको चेतनास्तरमाथि प्रश्न उठाएका छन् । आफ्नो अभिव्यक्ति आफैंलाई भारी परेपछि बिहीवार पोखरामा पत्रकार भेटघाटको क्रममा उनले आफ्नो बोली सच्याएकी छन् । उनले कानुनका बुँदाहरुको बारेमा आफू अपडेट नभइसकेको बताउँदै आफूले अझै बुझ्न आवश्यक रहेको बताइन् । तर, आफ्नो भनाईको आशय गलत नभएपनि हलहरुमा जाने क्रममा प्रेसरले गर्दा बोलीमा तलमाथि भएको हुनसक्ने उनी बताउँछिन् ।
उनले भनेकी छन्, ‘मैले पढ्दै आएको र समाजमा देख्दै आइरहेको चिजहरुसँग कानुनको बुँदाहरु हेर्दा अझै धेरै चिजहरु बुझ्न र अपडेट हुन बाँकी रहेछ भनेर राम्रो हिसाबमा भनेको थिएँ । यो कुरामा अझै ज्ञान लिनुपर्ने रहेछ, मैले अझै बुझेको रहेनछु भन्ने मेरो आशय थियो । म हल(हलमा जाँदा रसमा थिएँ, त्यसैले छोटो कुरा बोल्दा कुन चाहिँ हिसाबले बोलेको हो भन्ने धेरैलाई लाग्न गएछ ।’ आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनालाई भने उनले सकारात्मक रुपमा लिएकी छन् । ‘मैले भनेको कुरालाई कसरी बुझ्ने र लिने भन्ने आ(आफ्नो सोचाइ हो । सही वा गलत भन्न पाउने अधिकार सबैलाई छ । मैले मात्र कानुनमा हुने परिवर्तनबारे सबै अपडेट हुनुपर्ने रहेछ र म आफू पनि अपडेट नभएकाले बलात्कारको परिभाषा नबुझेको भनेर भनेको थिएँ,’ उनले स्पष्ट पारिन् ।