Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पशुपतिको सदस्य सचिवमा क्रिश्चियन घुसपैठ !

दक्षिण कोरियन चर्च आइएनजीओ होशना फाउण्डेशन मार्फत गतिविधिहरु गर्दै आइरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाको विषेश पहल कदमीमा माधवकुमार नेपाल सहित युनिफिकेशन चर्चसँग सम्बद्ध एकनाथ ढकालको पहलमा, ख्रिष्टियन महासंघका पूर्व अध्यक्ष सुन्दर थापाका भाई मिलन थापालाई पशुपति विकास कोषको सदस्य सचिवमा नियुक्ति गरेर शेरबहादुर देउवा सरकारले ९४ प्रतिशत ऊँकार परिवारको अपमान गरेको छ ।

हुन त काँग्रेस भनेको धर्मसंस्कृति विरोधी मात्र होइन राष्ट्रियता विरोधी पनि हो । यस पार्टीका संस्थापक विपि कोइरालाले पशुपतिलाई उखेलेर म्युजियममा राख्नु पर्छ भनेका थिए । अहिले काँग्रेस विपिको उक्त अभिव्यक्तिकै वरिपरि उभिएको छ भन्ने कुरा पशुपतिको सदस्य सचिव नियुक्ति प्रकरणले पनि पुष्टि गरेको छ ।

स्मरण रहोस् यसभन्दा पूर्व सुन्दर थापा पशुपति विकास कोषकै कोषाध्यक्ष थिए । तत्कालीन प्रधानमन्त्री केपि ओलीले पशुपतिनाथमा सुनको जलहरी चधाउदा साढे ९ किलो सुन हिनामिना गरेको कारण उनको मुद्दा अख्तियारमा चलिरहेको छ । भ्रष्टाचारमा अख्तियारमा मुद्दासमेत खेपि रहेका थापालाई मोटो रकम बुझेर क्रिश्चियन मिसन अनुसार नियुक्ति दिएकोमा हिन्दू, बौद्ध जैन, किरात लगायत धर्मालम्बीहरुले घोर आपत्ती प्रकरण गरेका छन् ।

तन्त्रमा (पिएचडी) विद्यावादीको गरेका भनिने थापाको योग्यतामा पनि प्रश्न चिन्ह खडा छ । जानकारहरुका अनुसार मिलन थापा बालुवा माफीयाहरुको बलमा देउवालाई मोटो रकम बुझाएर सदस्य सचिव बनेको भन्नेहरु पनि छन् । बास्तवमा थापालाई माधव नेपाल र एकनाथ ढकाल आवद्ध रहेको युनिफिकेशन चर्च र आरजू राणाको होशना फाउण्डेसनको रणनीति अनुसार नियुक्त गरिएको छ ।