Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पशुपतिमा साधुसन्तको भिडभाड बडन थाल्यो

काठमाडौं । प्रयागराजमा महाकुम्भ सकेर साधुसन्तहरू महाशिवरात्रिका लागि पशुपतिनाथ आइपुगेका छन् । फागुन १४ गतेको महाशिवरात्रिका लागि उनीहरू पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।

महाकुम्भ सकाएर साधुसन्त पशुपति आइपुगेका छन् । उहाँहरूलाई सुरक्षित व्यवस्थापन गरिरहेका छौँ । आउने क्रम जारी रहेकाले कति जना आए भन्ने यकिन तथ्यांक आइसकेको छैन, उनले भने, साधुसन्तलाई भव्य स्वागत गर्दै गरिरहेका छौँ । उहाँहरूले महाकुम्भ स्नान गरेर आइपुग्यौँ भन्नुभएको छ । उहाँहरू टोली नै बनाएर आइरहनुभएको छ ।

जोशीका अनुसार, विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन र साधुसन्तको संख्या बढ्ने अनुमान गरिएको छ । महाकुम्भको अवसर भएकाले पनि यस वर्ष शिवरात्रिमा अत्यधिक भक्तजन आउने अनुमान कोषको छ । जोशीका अनुसार, कोषले यसपटक झन्डै १० लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ ।

कोषले शिवरात्रिको व्यवस्थाका लागि एक करोड रुपैयाँ छुट्याएको छ । यस्तै, महाशिवरात्रिका लागि सबै तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

महाशिवरात्रिका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान ७ बजे साधुसन्तको र्‍याली छ, उनले भने ।

महाशिवरात्रिबारे जानकारी दिन कोषले भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छ ।