Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पशुपति क्षेत्रका पसल टहरा भत्काइने

काठमाडौं । काठमाडौंमा सार्वजनिक जमीन खाली देखिनै हुँदैन, व्यापारीले कब्जा जमाइहाल्छन् । खुल्लामञ्च, भृकुटीमण्डप, रत्नपार्कमा मात्र होइन, पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि खुट्टा टेक्ने जमीन खाली छैन । पशुपतिमा असन चोक जस्तै बजारले भरिएको अवस्था छ । पशुपति क्षेत्रमा भएको अतिक्रमणका कारण सौन्दर्यमा नकारात्मक असर परेको र भक्तजनहरुलाई हिँडडुल गर्न समस्या परेको भन्दै पशुपति क्षेत्र विकास कोषले त्यहाँ रहेका पसल तथा टहराहरु खाली गराउन सूचना जारी गरेको छ । सात दिनभित्र अतिक्रमित दोकान र टहराहरु नहटाइए कोषले आफैं भत्काउने चेतावनी दिएको छ । पशुपति क्षेत्र विकास कोषले जारी गरेको सूचनाअनुसार पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबलीहरु, खुल्ला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, फकुण्डो क्षेत्रसमेतमा अव्यवस्थित तवरले छाप्रा बनाई फूल, उपहाजन्य पसल व्यवसाय गर्ने, बसोबास गर्ने कार्यहरु भइरहेको भन्दै तिनलाई हटाउन भनिएको छ ।
पशुपति क्षेत्रको मापदण्ड विपरीत एवं स्वीकृति नलिइकन सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा प्रथम पटक प्रकाशित मितिले सातदिन भित्र हटाइसक्न भन्दै माघ १ गते कोषले सूचना जारी गरेको थियो । कोषको सात दिने चेतावनी सोमबार पुरा भएकै दिन दोस्रो सूचना प्रकाशित भएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल