Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पश्चिम नेपालको भ्रमणमा पूर्व राजा

काठमाडौं । केही दिनअघि परिवारससहित ठमेलको नाइटक्लब पुगेर राष्ट्रिय गीतमा कम्मर मर्काएका पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी आइतबारदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् ।
उनी निजी भ्रमणको सिलसिलामा आइतबार रुपन्देहीको भैरहवा लगायत अन्य जिल्लाको भ्रमणमा निस्किन लागेको उनको निजी सचिवालयले जानकारी दिएको हो । पछिल्लो समय पूर्वराजा शाहले धार्मिक भ्रमणलाई तीव्रता दिँदै आएका छन् । भ्रमणका क्रममा उनले त्यहाँका स्थानीयसँग भेटघाट तथा मरामर्श समेत गर्ने गरेका छन् ।
केही दिन अघि उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह सहित काठमाडौंको दरबारमार्गस्थित नाइट क्लब पुगेका उनले राष्ट्रिय गीतमा नाचेको भिडियोले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको थियो ।


सम्बन्धित समाचार