Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरोमा १९ घर पुरियो, दुईको शव भेटियो, कम्तिमा २८ जना अझै बेपत्ता, सेनाको जहाज जान सकेन

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा परी कम्तिमा २८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार २८ घर पहिरोमा परेका छन्। राति पहिरो गएकाले मानिसहरु घर पुरिँदा बेपत्ता भएका हुन्। नागपुजे र भीरखर्कमा पहिरोले ठूलो क्षति पुर्‍याएको हो। सभामुख अग्नि सापकोटा पहिरो पीडितको अवस्था बुझ्न काठमाडौंबाट हिँडिसकेका छन्। नेपाली सेनाको हेलिकप्टर पहिरो गएको ठाउँमा उद्धारका लागि जान खोज्दा पानीका कारण जान नसकेको ढकालले जानकारी दिए।