Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच देशका नवनियुक्त राजदूतहरूले लिए गोपनीयताको शपथ

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरू प्रकाशमणि पौडेल (गणतन्त्र पोर्चुगल), डा. नेत्रप्रसाद तिम्सिना (मलेसिया), प्रा. डा. कपिलमान श्रेष्ठ (गणतन्त्र दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम) र सुम्निमा तुलाधर (डेनमार्क)ले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।